हामी सबैको समर्थन रबि लामिछानेलाई

Avatar photo
Dhadingpost
शनिबार, पुस ८, २०७४

Prajun Kumar Adhikari
समाजीक रुपान्तरण, समाजलाई सकरात्मक परिवर्तन र आर्थिक सामाजिक राजनैतिक परिबर्तनको क्रान्तिकारी अभियानमा हामी युवाहरु कति नेताहरू पछी कति हिड्यौ, कति करायौ, कति जिन्दाबाद र मुर्दाबाद को नारा लगायौ ।
आफ्नै दाजु भाई बिच लाठी ढुङ्गा मुडा बर्षायौ ,कति खुकुरी हाना-हान गर्यौ कतिले टाऊको फुटायौ कतिले हात गोंडा भच्यौ कति ज्यान नै गुमान पुग्यौ, घरमा परिवार सदस्य बिच छिमेक छिमेक बिच दाजु भाई बिच मनमुटाव गर्यौ । परिबर्तन के पायौ के भयो ? अन्त्यमा हर्ष आसा अभिलाषाहरूमा तुषारा पात भई हरेस् खाएर घरको लैनो भैसि गैरि खेत साहु माहजनलाई बन्दकी दिएर ५० प्रतिसत ब्याजमा ऋण काडेर पास्पोट हातमा च्यापेर म्यानपाऊर धाऊदै ।
५० डिग्रीको गर्मी ० डिग्री चिसो नभनि साऊदी अरब क़तार कोरिया मलेसिया जस्ता खाडी मुलुकमा आफ्नो भबिष्य खोज्दै परिवार र आफ्नो रोजि रोटी जिवन निर्वाहको लागी बाबु आमाको काख परिवारको साथ छोडेर बिदेशियौ । आखिर किन ? हामिले के पायौ त ? त्यसको मुल्य आखिर त्यही खराब नेतृत्व भ्रष्टाचार, कुशासन, अन्याय अत्याचार बेरोजगारी समस्या अनी दमन जस्ता आदि इत्यादि कारणहरू नै थिए ।
हामी यो कालो आकाश मुनी रहेर हाम्रो उज्यालो भबिष्य खोज्न देख्न मुस्किल छ र पहिले देखी अझै उस्तै छ । ब्यबस्था धेरै फेरियो पानि फेरियो घ्याम्पो फेरियन त्यस्तै जनता र देशको अबस्था गरिबी बेरोजगार समस्या कहिले फेरिएन । अध्यारोमा लुक्न पल्केका भ्रष्ट राष्ट्रको धमिराहरुको पर्दाफास गर्न अब हामीले बाटो परिवर्तन गर्नै पर्छ । हो अब नेताको पछी हैन रवी लामिछाने प्रेम बानिया जस्ता स्वाभिमान युवा महान नेपाल आमाका सच्चा सपूत अशल ब्यक्तीहरु को पछी लाग्नै पर्छ । उहा जस्तो मान्छे लाई साथ दिन अव हामी गाउँ गाउँ टोल शहर बाट उठ्नै पर्छ । हामीलाई विश्वाश छ, त्यो उदाएको रवीको प्रकाश हामी जस्ता युवा को हतियार हो जस्ले एक दिन भ्रष्टचार, दमन अनी कुशासनको जालो टुक्रा टुक्रा पारेर च्यात्ने छ । अब निस्संदेह र निसंकोच हामी युवाले सहि र गलत पहिचान गरेर कुनै नेताको झोले र अन्ध भक्त नभई राष्ट्रप्रेमिहरुको हरेक काममा साथ र सहयोग गर्नु जरुरी छ । म महिले आफुले क्षमताले भ्याएको सकेको जति साथ र सहयोग दिन तत्पर रहेको छु । तपाईहरु पनि यस महान अभियानमा हातेमालो गर्नको निम्ति अघि बढ्नुहोस, परिवर्तन सम्भब छ । परिवर्तनको सुरुवात आफैबाट गरौ । सम्बृद्द नेपाल हामी आफै निर्माण गरौ । देश तथा बिदेश को कुना कुनामा रहनु भएको स्वाभिमान नेपाली दाजु भाईहरू ।
जय मुर्तिनाथ जय रबि जय जुझारू युवा !!!

प्रजुन कुमार अधिकारी
धादिङ फुलखर्क
हाल चिनको स्वसासित क्षेत्र मकाउ