Dhading News
black rice

बढ्दो चिसोवाट बच्न, यी सुत्र अपनाऔँ



मौसममा आएको परिवर्तनका कारण जाडो मौसम लागे सँगै रुघा खोकिको समस्यामा वृद्धि भएकोछ ।

चिसो बढे सँगै घाँटी खसखस हुने, नाक वन्द हुने, नाकवाट पानी बग्ने, रुघाखोकि, न्युमोनिया जस्ता समस्याबाट मानिसहरु बढिनै सताइने गरेका छन् ।

चिसोले वालवालिका, वृद्ध, अशक्त, गर्भवति , रोग प्रतिरोधात्मक शक्ति कम भएका, औषधी सेवन गर्दै गरेका बिरामीलार्इ वढि सताउने गर्दछ । चिसोकै कारण वर्षेनि सयौंले ज्यान गुमाउनु परेको छ।

चिसोवाट बच्न के गर्ने ?

    • मौसम अनुसारको न्यानो कपडा लगाउने ।
    • ताजा र सन्तुलित आहारको सेवन गर्नु पर्छ ।
    • प्रशस्त मात्रामा झोलिलो कुराहरुको सेवन गर्नुपर्छ ।
    • नियमित मनतातो पानिको सेवन गर्नु पर्छ ।
    • चिसो र चिल्लो खाने कुरा कम मात्रै खाने गर्नुपर्छ ।
    • खोकि लाग्दा र हाच्छिउँ गर्दा नाक र मुख रुमालले छोप्ने गर्नु पर्छ।
    • विहान बेलुका हिन्दाखेरि शरिरलाइ न्यानो पार्ने कपडाको प्रयोग गर्नुपर्छ।
    • साथै मोर्निङ वाक गर्दा घाम लागेपछि गर्नु राम्रो हुन्छ।
    • घरमा बस्दा कोठालाइ न्यानो बनाएर राख्नुपर्छ तर कतैवाट पनि हावा नछिर्ने गरि झ्याल ढोका बन्द भने गर्नु हुदैन।
    • नवजात शिशुलाइ तोरिको तेल लगाउने र न्यानो सङ्ग हावा नचल्ने ठाउँमा राख्नु पर्छ।

यदि चिसोको सन्क्रमण भैहालेको खन्डमा के गर्ने ?

  •  आराम गर्नुपर्छ।
  • लक्षण उस्तै हुने अन्य रोगको सन्क्रमण पनि हुन सक्ने हुँदा प्रयोगशालामा परिक्षण गरि हाल्नु पर्छ ।
  • सामन्यतया यो रोग आफै हराएर जान्छ, तर अवस्था बिग्रदै गएमा एन्टिहिस्टामिन, न्याजल डिकन जेस्ट्यान्स, नन स्टेरोइडल एन्टीइन्फ्लामेट्रि ड्रग र एसिटाएमिनोफेनको प्रयोग गर्न सकिन्छ।
  • आफु खुसि औषधि सेवन गर्दा शरिरको औषधि प्रतिरोध गर्ने शक्ति बढ्ने तथा म्रिगौलामा असर गर्ने हुदा चिकित्सको सल्लाह अनुसार मात्रा मिलाएर औषधि सेवन गर्नुपर्छ।

Loading...
  • चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८०
  • विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    धादिङबेसी माघ ९ । नीलकण्ठ सामुदायीक सिकाई केन्द्र धादिङको आयोजनामा १ दिने कथा लेखन प्रशिक्षण सम्पन्न भएको छ । नीलकण्ठ उच्च माध्यमिक विद्यालय, वालमन्दिर माध्यमिक विद्यालय , गैरीगाउ माध्यमिक विद्यालय
  • ओफोक धादिङको अध्यक्षमा छत्कुली

    ओफोक धादिङको अध्यक्षमा छत्कुली

    धादिङ माघ ९ । विश्व उपभोक्त महासंघ नेपाल (ओफोक) धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् । महासंघको केन्द्रीय निर्णय बमोजिम धादिङ धादिङ शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा छत्कुली चयन
santosh