कथा: राक्सिङ डाडा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ७, २०७४

गोपाल फ्युबा तामाङ
कलकल बगिरहने दुई खोलाको दोभानबाट जंगलै जंगल उकालो चढेपछि एउटा डाडामा पुगे । त्यस डाडालाई राक्सिङ भनिदोरहेछ । आसपासमा तामाङ जातिको बाग्लो वस्ति भएकोले राक्सिङको तामाङ अर्थ खोज्न थाले ।

“राक्सिङ नाम किन राखिएको ?” एक चेलीलाई सोधे । “तपाई गोपाल फ्युबा हैन र ?” मैले सोधे उनले पनि सोधी । “अॅ” भने । “म तपाईको कथा, कविता, संस्मरण र लेखहरू धादिङपोष्ट मार्फत पढिरहन्छु ।”

राक्सिङ डाडामा मेरो फलोअर पनि रैछ भनी गजक्क परे । सॅगै रहेको साथीलाई घमण्डी आॅखाले हेरे । उनले शिर निहुराए पसिना पुछे झै गरेर । “जाऔ हाम्रो घर ।” उनी बोली । मैले साथीतिर आॅखा हेरे स्विकृत भो गए ।

उकालोले असिनपसिन हामीले पानी माग्यौ तर मही पाए । मकै भटमास भुटिदिई, गुन्द्रुकको अचार दिई । सॅगै रहेको साथीले रूमालमा पनि पोका पारे । जान तयार भयौ । “अहॅ, आज तपाईहरू जान पाउनु हुन्न ।” रवाफिलो स्वरमा अधिकार जमाएरै भनी । “आज राक्सिङ डाडा घुमाउछु, फर्केर अबको हप्ता केही लेख्नु । म फेसबुकमा भए पनि हेर्छु र देखाउछु ।”

शुक्रबार सधै यसरी नै निस्कन्थ्यौ । कुनै न कुनै ठाऊ पुग्थ्यौ । र साप्ताहिकरूपमा रिटोर्ट, समाचार वा सिर्जना लेख्थ्यौ । साथी दिङनामले प्राय : साथ दिन्थे । आज पनि उनै मेरो साथमा छ । शनिवार फर्किन्थ्यौ । आइतबारदेखि शुक्रबार उही क्रम निरन्तर ।

“मेरो नाम क नविना । फेसबुकमा प्रङ्गेल कोला ।” यति सुनाउनासाथ मेरो दिलमा 9 रेक्टरको कम्पन आयो । प्रङगेल कोलासॅग मैले ख्यालख्यालमै धेरै कुरा गर्याथे । आइ लभ यु पनि भनेथे । ला कहाॅ जाला मछली – – – भनेझै म पक्रिए भनेर डराए ।

क नविना अघि भन्दै गई,” म तपाईलाई यो लोकेसन दिएर बोलाउन चहान्थे ।” ” आज आइयो त नि ।” म मस्किए । साथीले बहाना गरेर घर फर्के । मेरो आग्रहलाई ललकार्दै । “फेसबुकमा जे बोले सरी है नविना जी !” म बोले । “किन के बोल्नु भो र ?” केही नभए जसरी बोले । अलि ढुक्क भो, यिनले वास्तै गरिनछ ।

“गोपाल सर, हेर्नुस त यो ढुङ्गा” ओम माने पद्मे हुॅ लेखेको एक शिलापत्र देखाए । यहाॅ सबैले पात्ति चढाउने गर्छन् । खासमा यसैलाई राक्सिङ भनिएको हो । “एउटा अजङ्गको भूतलाई हाम्रो पुर्खाले यो म्हानेभित्र बन्द गराएको रे ।” नजिकैको म्हाने देखाएर नविना बोली । जिओनी मोवाइलले खिच्दै गए । डिजिटल क्यामेरा साथीले बोकेर गइहालेछ ।

अब अन्दाज गर्ने क्लु भेटियो । राक्षसलाई थुनेको ठाउॅ नै राक्सिङ रैछ । राक्सिङ गाउॅ पिछडिएको गाउॅ रैछ । बि एड गरी उनै क नविनाको अग्रसरतामा आधारभूत विद्यालय सञ्चालन हुॅदै रहेछ । खानेपानीको अभाव रहेको गाउॅमा सोलारबाट पानी तानेर जम्मा गरिदो रैछ । पर्यटकीय स्थान बनाउन क नविनाले फेसबुक मार्फत प्रचार गरिदो रैछ । क नविनालाई नपत्याएपछि उनले आफ्नै आइडी प्रङगेल कोला बनाएकी रैछ ।

बेलुकी उनकै घरमा बसे । राक्सिक डाडामा राक्षस र लोप्चन म्हेम्हेहरूको डरलाग्दो युद्ध कथा सुने । हामीलाई सरकारी मान्छे ठानेर धेरै मानिसहरू क नविनाको घरमा भेला भएका थिए । यही मौकामा मैले ल्यापटप खोलेर मृत्यु संस्कारमा गाइने बोम्सङ देखाए । “… हो हो केपम सेमचे मछोर्नेम, सिपम सेमचे छोर्नेम…..” गाउदै थिए । अचम्म मानेर हेरे सबैले । केही बेरमा एक बुढीआमा सुकसुकाउदै मलाई अङ्गालो मार्दै भने, “हो जन्म थाहा पाइदैन, मृत्युको एक एक पल थाहा पाए झै मेरो माइला मरे ।” यत्ति भनेर उनको रूवाइ झन बढ्यो । सबैलाई नरमाइलो बनाए । केही भन्न पाएन । सुनसान सबै गए ।

भोलिपल्ट हामी फर्क्यौ । मंगलबार सूचक सन्देश साप्ताहिकमा क नविनाको मनोभावना देखिने रिपोर्ट छापियो । लगातार धादिङपोष्ट डट कममा राक्सिङ डाडा र राक्सिङ गाउॅको आलेख प्रकाशित भइरह्यो । फोटोहरू आइरहे ।

एन एस मिडियाका नारायण सिलवाल सरले शेयर गर्थे । त्यहाबाट मैले, मेरोबाट साथी, नविना र अरूले गरी 500 भन्दा बढी शेयर हुन्थे ।

एउटा गुमनाम गाउॅ आज पर्यटकीय स्थान बनेको छ । सप्तान्तमा पिकनिक मनाउन जाने प्रत्येकले 20 रूपैया तिर्छन् । त्यही रूपियाले विद्यालय चलिरहेको छ । त्यही राक्सिङमा चिनिएका म र नविना एक छोरीको बुबाआमा बनेको छ ।