धादिङका काजी श्रेष्ठलाई पत्रकारिता पुरस्कार प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, पुस ६, २०७४


धादिङ पौष ६ । सहकारी र बैकका विषयमा कलम चलाउने धादिङ नीलकण्ठ नपा मुरलीभञ्ज्याङका काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांक गर्दै पुरष्कृत गरिएको आयोजकले बताएको छ ।

श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । श्रेष्ठ अन्नपूर्ण पोष्टको उपसम्पादक र सहकारी खबर डटकमको सम्पादक छन् ।