धादिङमा उदाउँदा विज्ञान, धर्मेन्द्र र रविको आयो बिरानो ठाउँ

Avatar photo
Dhadingpost
बिहिबार, पुस ६, २०७४

धादिङ पौष ६ । धादिङमा एक पटक भेटेपछि कहिल्यै विर्सन नदिने पात्र हुन् विज्ञान क्षेत्री उनको पेसा ड्राईभिङ हो । कलिलो उमेरमा धादिङ्गे पछिल्लो पुस्तामा जमेका धर्मेन्द्र श्रेष्ठ पेसाले संचारकर्मी हुन् । यस्तै पेसाले होटल व्यवसायी रवि भट्टराईलाई धादिङमा नचिन्ने कमै होलान् ।

यी तीनै जना मिलेर जिवन व्यवहार सँग मेल खाने बिरानो ठाउँ संगितिक कोसिली बजारमा आएको छ । संसारमा गीत, संगीत मन नपराउने सायद कोही मात्र होला । दुस्खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो यहि भावनाले फरकफरक पेसाका हामी एक टाउँमा आईपुगेको बताउँछन् यी तीन जना ।

संचारकर्मी तथा निर्देशक धर्मेन्द्र श्रेष्ठ द्वारा निर्देशित बिरानो ठाउ को गीतमा बिज्ञान छेत्री, सिता तामाङ, रबि भट्टराई, धर्मेन्द्र श्रेष्ठ लगाएत अन्य कलाकारको अभिनय देख्न सकिन्छ भने सोहि गित मा देवी घर्ति र राजेन्द्र बिस्वकर्मा को स्वोर रहेको छ ।

धादिङको नलाङ, र साँङ्कोस लगायताका स्थानमा छायांकन गरिएको उक्त गितमा लय खेम सेन्चुरीको रहेको छ भने सब्द राजेन्द्र बिस्वकर्माको रहेको छ । गितको शब्द, लय, एरेन्ज, कलाकारको स्वर देखि लिएर भिडियो पनि निकै राम्रो बनेको निर्देशक धर्मेन्द्र बताउछन् ।