धादिङका लोकपारखी हिमाल घलेको भाले मजुर

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०७४

धादिङबेसी मंसिर २९ । धादिङका हिमाल घले लोक संस्कृति मन पराउने जो कोहिले चिन्ने नाम हो । उत्कृष्ट स्वरका धनी घलले यो पछिल्लो पटक मनमायाँ वाइवाको सहयोगमा भाले मजुर बजारमा ल्याएका छन् ।

सर्जक हिमाल घलेको उत्कृष्ट र मौलिक शब्द तथा लय सिर्जना रहको गितमा मनमाया वाइबाकोे स्वरले भाले मजुर भर पुर सजिएको छ । भने खेम गुरुङ र उनै काशी घले मोडलिङले गितलाई झनै मनोरञ्जन पूर्ण बनाएको आभाष दिन्छ ।

पछिल्लो समय मा नेपाली लोकदोहोरी गितको क्षेत्रमा बिभिन्न बिकृती र छाडा खालको भिडियोहरु आईरहदा म्यूजिक नेपालको यु ट्युव च्यानल मार्फत सार्बजनिक भिडियोमा लबसन गुरुङको निर्देशन, नबिन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको छायाँकन रहेको छ ।