चीनको एक क्षेत्र एक सडक परियोजनामा भारत सहभागि हुने संकेत

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०७४

एजेन्सी, मंसिर २९ । चीनले सुरु गरेको एक क्षेत्र एक सडक परियोजनामा भारत पानि सहभागि हुने संकेत देखाएको छ ।
भारतीय चासो र संवेदनशीलतालाई संबोधन गरे चीनको उक्त परियोजनामा सहभागी हुन सक्ने भारतीय विदेशमन्त्रालयले बताएको हो।

विदेशमन्त्रालयका प्रवक्ता रभिश कुमारले एक क्षेत्र एक सडक परियोजना भारत सहभागी हुन सक्ने संकेत गरेका हुन् ।

ओबिओआर सडक सञ्जालअन्तर्गत सञ्चालन भएको चीन–पाकिस्तान आर्थिक कोरिडरलाई लिएर यी दुबै मुलुकबीच मतान्तर रहेको समाचार बाहिर आएपछि भारतले यस्तो प्रतिक्रिया दिएको हो । चीनले नोभेम्बरदेखि नै उक्त आर्थिक कोरिडरमा निर्माण भइरहेका ३ वटा सडकलाई उलपब्ध गराउँदै आएको वित्तीय सहयोग रोकी सकेको छ ।

भारतले सुरूदेखि नै ओबिओआरको विरोध गर्दै आएको छ । सोमबार रूसले परियोजनामा सहभागी हुन अनुरोध गरेपछि भारत सकरात्मक देखिएको हो । सोमबार रूसी विदेशीमन्त्री सर्गेई ल्याभरोभले उक्त वृहत् परियोजनामा सहभागी भई लाभ लिने आशा गरेका व्यक्त गरेका थिए ।