राजा महन्द्रेका ड्राइभर रमा बृद्धाश्रममा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २८, २०७४



सोनु सिजापती,
मंसिर २८ ।
नेपालका तात्किालिन राजा महेन्द्रका गाडी चलाउने ड्राइभर अहिले पनि जिउँदै छिन् । राजा महेन्द्रबाट गडी उपहार समेत पाएकी यी आमा त्यस बेला धनी परिवार मध्य पर्ने महिला हुन् । समयको रफ्तार सँगै अहिले उनै रामदेवि श्रेष्ठ आमाघार विद्राश्रमा दिन कटाई रहेकी छिन् ।

काठामाडौको ठहिटीमा घर भएकी रमादेवि सानोमा गुच्चा खेल्दा लभ परेको र त्यहि केटा सँग विहे गरेको सुनाउँछिन् ।

माइती र घर नजिक नजिक, हाँको श्रीमान् र उहाँ दुबै जनाले गाडी चलाउने गर्नु हुन्थ्यो रे, राजा महेन्द्रले गाडी उपहार दिएको क्षण बारे बताउँदा ति आमाको मुस्कान र खुसी व्यक्त गर्न असम्भव छ ।

समयको गति सँगै छोरा छोरी जन्मिएनन, राजा महेन्द्र बित्दा उहाको श्रीमानको पनि बर्खी बार्नु भएको थियो रे । आफन्तहरूले सम्पती खाइदिए अनि आश्रममा ल्याएर छोडदिए रे धेरै बर्ष देखि आश्रम मै ति बृद्धाको आँखा रसाय । अहिले केही छैन छ त केबल यहि शरीर मात्र अनि पुराना अलि कति सुन रै छन् अहिले पनि शरिरमा लगाई रहेकी छिन् । रमादेविको स्वर अहिले पनि मधुर छ विगतको कुरा जति सुनाउँदै, जान्छिन् त्यतिकै सुनु सुनुम् लाग्ने सुखको अन्तिम क्षेण सँगै पिडादायीक जिवनबाट उद्दारीत हुँदै बृद्धाश्रमको बसाई हामीले राम्रो सँग बुझ्ने मौका पायौ, हामीले सकेको जाडाका लुगार र सामान्य सहाकारी खाना हस्तान्तरण गरेऔं ।

सोल्टी मोडमा रहेको यस आमाघर बृद्धाआश्रममा सय वर्षिय रमादेवि मात्र हैन अन्दाजी दुई वर्ष जतिको बालक पनि छ । दिलशोभा ले विभिन्न दुख कष्टका साथ संचालनमा ल्याउनु भएको यस आश्रममा अहिले ३० जना छन् । यी ३० जना भित्र २ वर्षे बालक पनि पर्छन् ।

दिल शोभा दिदिको आमा घर आश्रम त्यो सानो बाबूको पनि घर बनेको छ । दुई खुट्टा आधी मात्र टेक्ने रहेछ, त्यसरी हिडेको देखेर मलाई धेरै दुख लाग्यो, उस्को बारेमा धेरै सोचहरु आयो यदि यसैगरी हिड्ने बानी बस्यो भने त उस्को जिन्दगी पछि कस्तो होला ? बेलैमा उसलाई कुनै उपचार गराउन सकियो भने उस्ले खुट्टा राम्रो सङ टेकेर हिंड्थ्यो होला पछी उस्ले आफ्नो जिवनलाइ धिकार्ने थिएन होला । बाउ कता हो, थाहा छैन आमा उसलाई जन्माएर यस संसारबाट बिदा भैसकेकि रहेछिन् ……।