महासंघका पुर्व अध्यक्ष शिव गाउँले युएई आउदै

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २६, २०७४

युएई, मंसिर २६ । वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेर पत्रकारिताको क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई पत्रकारिता तालिम दिनको लागि नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँले युएई आउने भएका छन् ।
नेपाल पत्रकार महासंघ युएई च्याप्टरको विशेष निमन्त्रणमा यही आउदो १२ जनवरी २०१८,शुक्रबारको दिन १० औ वार्षिकोत्सवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षकको रुपमा उनी दुबई आउन लागेका हुन् ।
गत डिसेम्बर ८ मा बसेको वैठकले जनवरी १२ मा शाखाको १० औ बार्षिकोत्सव मनाउने निर्णय गर्नुका साथै पत्रकारिता तालिम व्यवस्थापनको लागि उपाध्यक्ष लक्ष्मण खनालको संयोजत्वमा ५ सदस्सीय समिति समेत निर्माण गरेको छ ।
साथै वार्षिकोत्सको अवसर पारेर बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रही लामो समयदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील व्यक्तिहरु मध्ये बाट एक जनालाई एफएनजे युएई अवार्डले पुरस्कृत समेत गरिने छ । अवार्ड दिन योग्य पत्रकार छनौटको लागि वैठकले अध्यक्ष भुपराज बस्याल र सचिब मेघराज सापकोटालाई जिम्मेवारी सुम्पिएको छ ।