धादिङमा वाम गठबन्धनले गर्यो विशाल विजय र्याली

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २३, २०७४

धादिङबेसी मंसिर २३ । धादिङ जिल्लाको सबै क्षेत्रको मत परिणम आफ्नो पक्षमा पारेको बाम गठबन्धनले धादिङबेसीमा विशाल विजय र्याली निकालेको छ ।

धादिङ प्रतिनिधी सभा र प्रदेश सभा सबैमा बाम गठबन्धन (एमाले–माओवादी केन्द्र) कोे विजयी हासिल गरे सँगै सदरमुकाम धादिङबेसीमा विशाल विजय र्याली निकालिएको हो ।
विहानै देखि बाम गठबन्धनका कार्यकर्ताले सदरमुकाम को कालोपत्र सडक अविरले चुनाव चिन्न बनाई विजयको प्रचार गरेका थिए भने दिउँसो आउँ गाउँबाट कार्यकर्ताको उपस्थित गराई विजय र्याली निकालिएको थियो ।

सिरानबजारबाट निकालिएको विजयी र्यालीमा सहभागि निर्वाचित सदस्यहरु राजेन्द्र पाण्डे र शालिक राम जमकट्टेलले पुछारबजार पुगेर सम्पन्न भएको सभामा जनताको बीच प्रस्तुत गरिएको एजेण्डा चुनावी एजेण्डा नभएको स्पष्ट पार्दै पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा एमालेका नेता गंगालाल तुलाधर र माओवादी केन्द्रका पुष्पविक्रम मल्ल मल्लले स्थिर सरकार र आर्थिक समृद्धिका लागि वाम एकता अपरिहार्य बनेको बताएका थिए । चुनावी अभियानमा कार्यकर्ताको एकता र गठबन्धनलाई रुचाएर विजयी गराउने जनताको भावनाले पार्टी एकताको लागि झनै बल पुगेको नेताहरुले बताएको कार्यक्रममा सहभागी संचारकर्मी अमृत तामाङले बताउनु भयो ।

विजयी उम्मेदवार र प्रतिद्वन्दी उम्मेदवार
धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यमा
विजयी उम्मेदवारः नेकपा एमाले भुमी त्रिपाठी प्राप्त मत ४९४२१
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस विश्व अर्याल २१९६८

धादिङ प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर गत प्रदेश १ मा
विजयी उम्मेदवारः नेकपा एमाले राजेन्द्र प्रसाद पाण्डे प्राप्त मत २७,३३२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस मधुकुमार श्रेष्ठ १३, ६४७

धादिङ प्रतिनिधी सभा क्षेत्र नं.१ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र शालिकराम जमकट्टेले प्राप्त मत २३३८२
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस प्रभात किरण सुवेदी १०४०७

धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ बाट
विजयी उम्मेदवारः नेकपा एमाले खेमप्रसाद लोहनी प्राप्त मत ३६५५३
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रस दिलमान पाख्रिन प्राप्त मत ३५६१४

धादिङ प्रतिनिधी सभा क्षेत्र नं। २ को प्रदेश १ बाट
विजयी उम्मेदवारः नेकपा एमाले डा। रामकुमार अधिकारी प्राप्त मत २०,३६८
प्रतिद्वन्दी उम्मेदवारः नेपाली काँग्रेस रमेश धमला १९०१४

धादिङ प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश २ बाट
विजयी उम्मेदवारः माओवादी केन्द्र जगत सिंखडा प्राप्त मत १७६०५
प्रतिद्वन्दी उम्मेदवारः राप्रपा डम्बर तामाङ १०४०७