जाडो बढ्दै: मुटू, दम र वाथ रोगीले अपनाउनु पर्ने सावधानी

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १९, २०७४

धादिङ मंसिर १९ । धादिङ लगायत मुलकभर जाडो बढुदै गहिरहेको छ । जाडो मौसम सुरू भए सँगै मुटु, दम र हाड जोनीका रोगीहरु अस्पताल पुग्ने क्रम पनि बढ्न थालेको छ । विशेषतः यो मौसममा केटाकेटी र बुढाबुढीको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्छ । केटाकेटी र बुढाबुढीले मात्रै होइन दम तथा मुटुरोगबाट ग्रसित विरामीले पनि यो मौसममा विशेष सावधानी अपनाउनुपर्छ ।

सावधानी
–मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने
–मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने
–व्यायम गर्न परे घरभित्रै गर्ने
–शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा लगाउने ।
–छातीतथा फोक्सोमा चिसो घुस्न नदिन न्यानो कपडा लगाउने
–खुट्टामा चिसो रहे शरीर नतात्ने हुनाले खुट्टाको पैतला तताउन बल गर्ने
–खुट्टा नताते तातोपानीमा डुवाउने, हडवाटर व्यागले सेक्ने
–तेल तताएर पैतालामा विशेष मालिस गर्ने
–विहानको घाममा ढाड फर्काएर बस्ने
–शरीरमा बाक्ला कपडा लगाउने
–बस्ने कोठामा भयान्टीलेसन राखेर हिटर ताप्न सकिन्छ ।

के खाने ?
–तातो सुपहरू प्रसस्त खाने
–तातो पानी प्रसस्त खाने
–कालोचियामा मरिज हाली खादा पनि शरीरका लागि राम्रो हुन्छ ।
–गहतको झोल बनाई खादा पनि चिसोबाट बच्न सकिन्छ ।
–ज्वानोको झोल बनाई खान पनि सकिन्छ
–गुन्द्रुकको झोल, भट्टमास र भुटेको मकै खादा पनि जाडोमा निकै लाभ दायक हुन्छ । मुुटुरोगीहरूले माछा तथा कुखुराको मासुहरू खान मिल्छ ।
–लसुन तथा अदुवाले पनि फाइदा गर्छ

दम रोग
दम लागेपछि खोकी लाग्ने, स्वाँस्वाँ हुने, श्वास फेर्न गाह्रो हुने हुन्छ । खकार बढी आउने, सानो काम गर्दा पनि स्वाँस्वाँ बढ्ने, छाती फुल्ने तथा दुख्ने, भ¥याङ उक्लँदा वा उकालीओराली गर्दा श्वास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन् । दमका यस्ता लक्षण थाहा पाइसकेपछि पनि हेलचेक्रयाइ गर्दा मुटुमा अक्सिजन पुग्दैन र मुटु र शरीर दुवै फुल्दै हार्ट फेलसम्म हुने सम्भावना हुन्छ । चुरोट वा धुँवाले फोक्सो बिग्रिएको हुनाले उपचारले छुँदैन ।
जाडो मौसममा भाइरल इन्फेक्सनले रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ । यस्तो अवस्थामा श्वासनली साँघुरो भएर बाधा उत्पन्न हुन्छ । यसको कारण पनि श्वासप्रश्वासमा समस्या आउँछ । अरू, मौसमभन्दा जाडोमा दमका रोगी बढ्छन् । जाडोमा कमन कोल्ड र भाइरल इन्फेक्सनका कारण रोगीको संख्या वृद्धि भएको हो । जाडोमा धेरै धुलोका कणबाट संक्रमणमा हुने भएकाले यो समस्या देखिएको हो । दम भएका बिरामी जाडो मौसममा थप चनाखो हुनुपर्छ । यस्ता बिरामीलाई चिसोका कारण श्वासप्रश्वासमा विभिन्न समस्याले सताउन सक्छ । जाडो भयो भन्दैमा दमका रोगी झ्याल–ढोका पूरै बन्द गरेर गुमुक्क परेर बस्नु हुँदैन । यसरी बस्दा अक्सिजन कम भएर थप श्वास फेर्न असहज हुन्छ । जाडोबाट दमको रोगबाट बच्नको लागि फ्लू भ्याक्सिनले पनि निकै सहयोग पु¥याउँछ । पाँच वर्ष माथिका सबैले यो भ्याक्सिन लगाउन सक्छन् ।
दम रोगीले अमिलो, पिरो तथा चिसो खानेकुरा दिनु हुँदैन । चामलको प्रयोग सकेसम्म कम गर्नुपर्छ । त्यस्तै, केरा, काउली, भण्टा, पिडालुबाट टाढै राख्ने उपर्युक्त हुन्छ । किनकी यसले दमका विरामी बालबालिकामा एलर्जी गराउने सम्भावना बढी रहन्छ ।

बाथ रोग
बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन । यो शरीरका भित्री भागबाटै उत्पती हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ । बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ । खानपिन र उठबसका आधरमा बासरोगले ग्रस्त बनाउने गर्दछ विशेषत जाडो मौषममा । यो मौषममा जोर्नीहरुलाई न्यानो बनाई राख्ने गर्नुपर्दछ ।

बाथ रोग लागिसकेपछि के खाने
खानामा सुन्तलित, पच्ने खालको, चोकर भएको रोटी, बोक्रा सहितको मुंगको दाल खाने ।
तरकारीमा सजिउन, लौका, घिरौला, बन्दाकोभी, टमाटर, परवल, गाँजर, अदुवा, लसुन आदि खाने ।
धेरै पानी भएको फल जस्तो खरबुजा, मेवा, काक्रो धेरै खाने ।
उखुको रस, सख्खर, उम्रेको गेडागुडी, साबुदाना आफनो इच्छा अनुसार खाने ।

बाथ रोग लागिसकेपछि के नखाने
बासी, घीउ, तेलमा तारेको, पिरो र मसालेदार खाना नखाने ।
चिया, रक्सी, मक्खन, भिण्डी, मासको दाल, भात, मासु, मुुराको दाल एकदमै कम खाने ।
ग्यास जम्मा हुने खालको, युरिक एसिड बढाउने खालको खाना नखाने ।
अमिलो खालको खाने कुरा नखाने ।
रोगीले जाँडरक्सी तथा धुम्रपान गर्नु हुदैन।