चीनको चमत्कारः संसारको अग्लो लिफ्ट

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०७४

चाईना मंसिर १५ । चीनले संसार कै अग्लो आउटडोर लिफ्ट बनाएको छ । संसारमा नयाँ नयाँ प्रविधिहरू उत्पादन गरि रहेको त्यसमाथि चीनले त झन् नयाँ प्राविधिक चमत्काचीनले हुनान प्रान्तको बाइलंगमा एलेभेटर संसारको सबभन्दा अग्लो आउटडोर लिफ्ट बनाएको हो ।
पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि यो लिफ्ट उपयोग हुन्छ । यसमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ ।

यो लिफ्ट ३२६ मिटर अर्थात् एक हजार ७० फीट अग्लो छ । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा यो संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता गरिएको छ ।
लिफ्टमा डबल डेक एलेभेटर लगाइएको छ र हरेक एलेभेटरको भारवाहन क्षमता चार हजार ९०० किलोग्राम छ । सबभन्दा महत्त्वपूर्ण कुरा यो लिफ्ट चढेर तलबाट माथि पुग्न १ मिनेट ३२ सेकेन्ड लाग्छ ।