ट्क्टरले खेतबारी जोत्दै महिला

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ४, २०७४

प्रमोद भट्ट
धादिङ, खनियावास मंसिर ४ । हिजो आज खनियावास गाउँपालिकाकी अमृता घले र जेनिसा घलेको दैनिकी नै फेरीएको छ । घरको काम धन्दामा मात्रै सिमित उनीहरु अहिले आफै खेत बारी जोत्न थालेका छन् । खेतीपातीको समय आए संगै खेतबारी जोत्न मान्छे र गोरु नपाएर निराश हुनु पर्ने दिन टरेकोमा उनीहरु खुसी देखिन्छन् ।

श्रीमान विदेशमा हुन हुुन्छ खेतीपाती गर्ने समय आए पछि गोरु नपाएर हैरान हुनु पथ्र्यो, जसले गर्दा समयमै खेती लगाउन नपाउदा उत्पादनमा समेत कमी आउने गरेको जेनिशा घलेको तितो अनुभव छ । यि त प्रतिनिधि पात्र मात्रै हुन् । अहिले सत्यदेवीका महिलाहरु आफै अग्रसर हुदै ट्क्टरद्धारा खेतबारी जोत्न व्यस्त रहेका भेटीन्छन् ।

एक्सन नेपाल र अक्सफामको सहकार्यमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजना खनिवास गाउँपालिका ५ साविकको सत्यदेवी गाविसमा लागु भए संगै किसान सबलीकरणको लागि जीविकोपार्जन कार्यक्रम अन्तर्गत ट्याक्टर लगायतका कृषि सामाग्रीमा वितरण गरिए पछि यहाँका किसानहरुमा खुसी छाएको हो ।

आफ्नै खेतबारी जोत्ने मान्छे नपाएर हैरान भएका अमृता र जेनिशा घलेले अहिले अरुको खेतबारी जोतेर प्रति घण्टा २०० का दरले जोतेको ज्याला समेत लिने गरेका छन् । समुहले निर्णय गरेर प्रति घण्टा ५०० मा किसानलाई ट्क्टर उपलब्ध गराउने गरिएको अमृता घले बताउ छिन् । इन्धन खर्च र चालक खर्च कटाएर समुहले आम्दानी समेत गर्न सफल भएको जेनिशा घलेको भनाई छ । समुहमा आम्दानी भएको रकमबाट निकट भविष्यमा आर्को पनि ट्क्टर खरिद गर्ने आफुहरुको योजना रहेको जेनिशा घले बताउ छिन् ।