भोटको लागि सल्यानटारमा आलुको विऊ वितरण गरेको आरोप

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २१, २०७४

धादिङ कार्तिक २१ । धादिङको सल्यानटारमा भोटको लागि नयाँ शक्तिले आलुको विऊ वितरण गरेको स्थानियले आरोप लगाएका छन् । सल्यानटारको सिकाटार र नयाँ गाउँमा आफुलाई भोट लिनु पर्ने बताउँदै आलुको विऊ वितारण गर्दै गर्दा ५ वोरा आलु स्थानियले कब्जा गरेका गरेको बताईएको छ ।

निर्वाचन अचार संहिता विपरित कार्य गरेको भन्दै अन्य दलले निर्वाचन कार्यालय र जिल्ला प्रशासनको समेत ध्यानाकर्षण गराएका छन् ।

धादिङ प्रतिनिधि सभा क्षेत्र नं. अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ नम्बरमा नयाँ शक्तिका प्रत्यक्ष तर्फका उम्मेदवार विष्णु सापकोटाले नयाँ शक्तिले आलुको विऊ बाड्यो भनेर गलत प्रचार गर्न खोजिएको बताउनु भयो ।

धादिङपोष्ट सँग कुरा गर्दै सापकोटाले भन्नुभयो,-स्थानिय कृषकहरुले एक कार्यक्रमको आयोजना गरि कृषकहरुलाई आलुको विऊ विक्रि वितरण गर्ने कार्यक्रमा आफुलाई अतिथि बनाएकोले गएको मात्र हुँ, नयाँ शक्तिले बाँडेको होइन ।