टुकी नेपालले बनायो, ज्यामरुङमा स्वस्थ्य भवन

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०७४

धादिङ कात्तिक १६ । सामाजिक सेवामा कृयाशिल टुकी नेपालले ज्यामरुङमा विरामी उपचारका लागि स्वस्थ्य भवन निर्माण गरेको छ ।

०६८ साल देखि ज्यामरुङ, त्रिपुरेश्वर, आगिञ्चोक, सल्यानकोट लगायतका क्षेत्रहरुका विरामीहरुलाई उपचारमा सहयोग गर्दै आई रहेको टुकी नेपालले भुकम्पले भवन क्षेत्रि पुर्याएपछि नयाँ भवन निर्माण गरेको हो ।

स्वास्थ्य सहायक (Health Assistant)-१ जना, सामुदायिक मेडिकल सहायक (Community Medical Auxiliary) र कार्यालय सहयोगी १ जना राखी सेवा दिँदै आएको टुकी नेपालले नव निर्मित भवनको समुद्घाटन बुधबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

टुकी नेपाल समाजका अध्यक्ष रामप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्ट डाक्टर गौरभ महतोको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला अस्पताल धादिङका सुचना अधिकृत कृष्णलाल उप्रती, नेत्रावती सामुदायीक क्याम्पसका प्राचार्य बालकृष्ण तिमिल्सना र नीलकण्ठ १० का वर्डा प्रमुख विजयराज इटनीका विशेष आतिथ्यता रहेको थियो । त्यस्तै टुकी स्वीडेनका अध्यक्ष इभा लगायत १२ जना टुकी स्वीडेनका सहयोगि विभिन्न विद्यालयका प्र.अ., संघ संस्थाका प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो । बिरामी चेक जाँच र ५० प्रतिशदमा छुटमा औषधी प्रदान गदै आई रहेको छ ।