तेह्र वर्षिय बालकलाई बचाउन सहयोगको अपिल

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १५, २०७४

धादिङ कार्तिक १५ । धादिङ जिल्ला नेत्रावती गाउँपालिका वर्डा नम्बर ५ कटुञ्जे हुलाक डाँडाका १३ वर्षिय सरोज तामाङलाई बचाउन सहयोगको अपिल गरिएको छ ।
विगत ३ महिना देखि काठमाडौको सिभिल हस्पिटलमा बोन म्यारो क्यान्सर भै उपचारत तामाङलाई बचाउन उनका बुवाले आर्थिक सहयोगको लागि अपिल गरेका हुन् ।

आर्थिक अभावका कारण दैनि डाक्टरले लेखाई दिएको औषधी खुवाउन पनि गाह्रो हुँदै गएको छ मासिक डेढ लाख खर्च हुँदै आएको छ अब औषधी खुवाउन पनि नसक्ने अवस्थामा छु धादिङपोष्ट सँग कुरा गर्दै भावुक मुद्रामा राम तामाङले आफ्नो समस्या पोखे ।

सहयोगको अपेक्षा गर्दै उनी भन्छन् डाक्टरहरु निको हुन्छ आत्तिनु पर्दैन बोन म्यारो टान्सप्लान गर्न सकिन्छ त्यसको लागि पैसा जोहो गर भन्छन्, न भोक न निन्द्रा १ एक्लो भएको छोराको पनि अवस्था यस्तो भयो तपाईहरुको सानो सहयोगले मेरो छोराले नयाँ जिवन पाउँछ क्रिपया सकेको सहयोग गरिदिनु होस् ।

मानविय सहयोगको अपेक्षामा रहेका देश विदेश रहेका तपाईहामीले आर्थिक अबस्था निकै नाजुक यी तामाङलाई एभरेस्ट बैंकको सहयोग संकलनको लागि खोलिएको बैंक खाता खाता नम्बर 00100501222117 मा रकम जम्मा गराइ सहयोग गर्न हाम्रो पनि अनुरोध । सहयोगी हातहरुको नामावली र रकम हामी सार्वजनिक गर्ने छौं ।

बिरामीको बुबा सँग गरिएको कुराकानी सुबर्ण रिमालको फेसबुकमाट लिईएको हो ।