Dhading News
black rice

दाहाल समुहलाई मतदान गर्न आब्हान (उम्मेदवार प्रोफाइल समेत)


शनिबार, कार्तिक ११, २०७४
मुख्य समाचार, सुचनाहरु

धादिङ कार्तिक ११ । दाहाल समुहका उम्मेदवारहरुलाई मतदान गर्न दाहाल नेतृत्वको चुनाव प्रचार प्रसार समितिले आब्हान गरेको छ ।

दाहाल समुहका सबै उम्मेदवारहरुको प्रोफाईल सार्वजनिक गर्दै प्रचार प्रसार समितिले यो समुहलाई मतदान गर्न टानमा आवद्ध मतदाताहरुलाई आव्हान गरेको हो ।

टानको निर्वाचन कार्तिक १२ गते अर्थात् अक्टोबर २८ मा काठमाडौमा हुनेछ ।

यस्ता छन् दाहाल समुहको उम्मेदवारहरु (प्रोफाइल समेत)

नवराज दाहाल, अध्यक्ष पदका उम्मेद्वार, टान
वि.सं. २०२८सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मीनुभएका नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध दाहाल नेपाल ईन्भाईरोमेन्टल टे«क्स एण्ड एक्सपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ । दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिवको भुमिका कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । गणतान्त्रीक स्टोनियाँका लागि नेपाली बाणीज्यदुत समेत रहनुभएका दाहाल हाल नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रिय संयोजक समेत हुनुहुन्छ ।
दाहालले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा युरोपका स्टोनियाँ, बेल्जियम, नेदरल्याण्ड्स, जर्मन, फ्रान्स, स्वीजरल्याण्ड, नर्वे, डेनमार्क, लाटभिया, लीथोआनिया लगायत अमेरिका, थाईल्याण्ड, सिङ्गापूर, मलेसिया, ईन्डोनेसिया, चीन, हङकङ, भारत लगायतका २ दर्जन भन्दा बढि देशहरुको भ्रमण गरिसक्नुभएको छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तह सम्मको औपचारीक शिक्षा हाँसिल गर्नुभएका दाहाल अन्तरमुखी तर मृद्धभाषी र सालिन स्वभावका हुनुहुन्छ । तर्क र तथ्यमा विश्वास गर्नुहुने दाहाललाई आम पर्यटन व्यवसायीहरुले टानको भावी अध्यक्षको रुपमा अघि सारेका छन ।

पुर्णचन्द्र भुसाल
बरिष्ठ उपाध्यक्षका उम्मेद्धार

वि.सं. २०२३ सालमा स्याङ्जा जिल्लाको चापाकोट भ्यालीमा जन्मनुभएका पुर्णचन्द्र भुसाल एक जुझा? तथा अनुभवी पर्यटन व्यवसायीको ?पमा सुपरिचित हुनुहुन्छ । सन् १९८८ बाट कर्मचारी र पर्यटन मजदुरको ?पमा पर्यटन क्षेत्रमा संलघ्न हुनुभएका भुसाल हाल गंगापूर्ण ग्लासियर टे«क्स एण्ड एक्सपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ ।
अंग्रेजी र राजनीतिसास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएका भुसालले नेपाल पर्वतारोहण संघमा एडहक कमिटिको सदस्यको जिम्मेवारी बहन गरिसक्नुभएको छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा भारत, चीन, फ्रान्स, वेल्जीयम, स्वीजरल्याण्ड, लक्जमवर्ग, इटाली, स्पेन, अष्ट्रीया, नेदरल्याण्ड लगायतका देशह?को भ्रमण गरिसक्नुभएको छ ।
पर्यटन अभियन्ताको ?पमा समेत क्रियाशिल भुसालले लोयर डोल्पो पदयात्रा मार्ग र मध्य पहाडि क्षेत्रको दुलेगाउँ देखि नवलपरासीको डण्डासम्मको ईको टे«क ?टको एक्सप्लोरर र प्रवद्र्धन गरि संचालनमा ल्याउनुभएको छ । टानको बरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो उम्मेद्धारी दिनुभएका भुसालले राम्रो टान, हाम्रो टान भन्ने मुल नाराका साथ पर्यटनको विकास र सम्बृद्धिका लागि दृढ ?पमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जीवन थापामगर, प्रथम उपाध्यक्षका उम्मेद्धार
वि।सं। २०४२ सालमा धादिङको दार्खामा जन्मनुभएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित हुनुहुन्छ । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेक्नुभएको छ ।
समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसक्नुभएका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुदै आउनुभएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङस्थीत दार्खा गा।वि।स संयोजक समेत हुनुहुन्छ । उहाँले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा थाईल्याण्ड, भुटान, श्रीलङ्का, लावस, कम्बोडिया सहित युरोपका केहि मुलुकहरुको व्यवसायीक भ्रमण गरिसक्नुभएको छ ।
टानको प्रथम उपाध्यक्षमा उम्मेद्धारी दिनुभएका थापामगरले टानको व्यवसायीक विकासका साथै ग्रामिण पर्यटनको विकास र सांस्कृतीक तथा दियो पर्यटनको विकासलाई आफ्नो मुल एजेण्डा बनाउनुभएको छ ।

ऋषिप्रसाद नेपाल, द्धितीय उपाध्यक्ष पदका उम्मेद्धार, टान
गंगाजमुना हिमालको काखमा रहेको धादिङ, फुलखर्कका ऋषिप्रसाद नेपाल २००७ देखि २००९ को टान कार्यसमिति सदस्य हुनुहुन्थ्यो । सन् १९९९ फेब्रुअरीमा पोर्टर, टे«किङ गाईड र मेनेजर हुँदै हाल उहाँ ईन्काउन्टर्स नेपाल डटकम प्रा।ली।का प्रवन्ध निर्देशक हुनुहुन्छ भने टुरिजम डेभलपमेन्ट बैंकका संस्थापक तथा शुभकामना ईङलीस बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ । त्यसका साथै उहाँ नागमणी ईन्भेष्टमेन्ट कम्पनीका संस्थापक तथा काठमाडौं ईन्भाईरोमेन्टल एजुकेसन प्रोजेक्ट ९प्भ्भ्ए०का सचिव समेत हुनुहुन्छ । माउन्टेन एक्सकर्सन र समाजसेवामा रुचि राख्ने नेपाल समन्वय, व्यवसायीक दक्षता र मार्केटिङमा बढी तल्लीन हुनुपर्नेमा जोड दिनुहुन्छ । गाउँबाट आएको एउटा कोरा मान्छेले टानजस्तो गरिमामयी संस्थाको द्धितिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु नै आफ्नो जीवनको सर्वाधिक उपलब्धि भएको उहाँको विश्वास छ । अमेरिका, बेलायत, अस्टे«लिया, चीन, भुटान र युरोपका विभिन्न देश गरी झण्डै साढे दुई दर्जन मुलुक भ्रमण गरिसक्नुभएका नेपाल पदयात्रा पर्यटन क्षेत्रलाई विकास गर्न प्रचारप्रसार र व्यवसायीक दक्षता अभिबृद्धिमा जोड दिनुहुन्छ । टानका कर्मचारीहरुसंग समन्वय गरि सरकारी निकायका साथै पर्यटनका अन्य निकायहरुसंगको सम्बन्धलाई थप उचाईमा पुर्याउने उहाँको प्रतिबद्धता रहेको छ ।

आङ पेम्बा शेर्पा, महासचिव उम्मेद्धार
वि.सं. २०३८ भाद्र २ गतेका दिन पर्यटकीय जिल्ला सोलुखु्रम्बुमा जन्मनुभएका आङ पेम्बा शेपा एक सफल पर्यटन उद्यमीका ?पमा सुपरिचित हुनुहुन्छ । झण्डै डेढ दशक अघि पर्यटन क्षेत्रमा पाईला टेक्नुभएका शेर्पा हाल ह्वाइट हिमालयन ट्रेक्स एण्ड एक्सीपिडिसन कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ ।
राजनीति सास्त्रमा स्नातकोत्तर तह सम्मको औपचारीक अध्ययन गर्नुभएका शेर्पा हाल पिके गेलेक दग्र्यालिङ छोक्पा गोलीका सचिव र पिके हिल सोसिएल अर्गनाइजेशनका महासचिव हुनुहुन्छ । गृह जिल्लामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी ७ वर्ष सम्म निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुभएका शेर्पाले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा कोरिया, जापान, फ्रान्स जर्मनी, नर्वे, स्त्रीस, डेनमार्क इटली, स्वीजरल्याण्ड र पोल्याण्ड लगायतका देशह?को भ्रमण गरिसक्नुभएको छ ।
टानको आसन्न निर्वाचनमा महासचिव जस्तो गरिमामय र ओजपूर्ण जिम्मेवारिका लागी उम्मेद्धारी दिनुभएका शेर्पाले नेपालको पर्यटन क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ती अधिकतम पहल गर्ने बताउनुभएको छ । त्यसका साथै उहाँले पर्यटकीय पदमार्गह?को प्रर्वद्धन र विकासमा जोड दिने र पर्यटन क्षेत्रसँग सम्बन्धीत सबै संघ संस्थाह?सँग असल सम्बन्ध स्थापीत गरेर पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुजन लामिछाने, सचिव पदका उम्मेद्धार

ऐतिहासीक जिल्ला गोर्खाको नामजुङ्ग–६ ९हाल सहिद लखन गाउँपालीका–९० मा वि।सं। २०४१ साल चैत्र २६ गतेका दिन जन्मनुभएका सुजन लामिछाने एक सफल युवा पर्यटन व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । सन् २००२ बाट पर्यटन व्यवसायमा होमिनुभएका लामिछाने हाल अल्पाईन क्लव अफ हिमालय, सेरेनी हिमालय टे«क्स एण्ड एक्सपिडिसन, अल्पाईन होटल एण्ड अपार्टमेन्ट तथा होटल काठमाडौं होम नेपालका संचालक हुनुहुन्छ ।
समाजसास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गर्नुभएका लामिछानेले सामाजिक रुपमा गोर्खामा पुर्याउनुभएको योगदान निकै प्रसंसनिय छ ।
पर्यटन व्यवसायी र मजदुरको हक हितमा काम गर्ने ठोस योजना सहित उहाँ टान जस्तो गरिमामय संस्थाको सचिव पदमा चुनाव लड्दै हुनुहुन्छ । पदयात्रा जाँदा अनिवार्य रुपमा पोटर र गाईड लिएर जानुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्नु उहाँको प्रमुख एजेण्डा रहेको छ भने पर्यटकीय स्थलहरुमा सार्वजनीक सौचालयको व्यवस्थाका लागि समेत पहल गर्ने उहाँको महत्वाकांक्षी योजना रहेको छ ।

रामकृष्ण तिमल्सिना
कोषाध्यक्ष पदका उम्मेद्धार

वि.सं. २०३९ साल असोज २० गतेका दिन धादिङको त्रिपूरेश्वरमा जन्मीनुभएका रामकृष्ण तिमल्सिना एक युवा तथा जुझा? पर्यटन व्यवसायीका ?पमा परिचित हुनुहुन्छ । सन् २००० बाट पर्यटन सहयोगिको ?पमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका तिमल्सिनाले ६ बर्षको छोटा अवधीमै सन् २००६ बाट व्यवसायीक यात्रा तय गर्नुभयो ।
मानविकी संकायमा स्नातक तह सम्मको औपचारिक शीक्षा हाँसिल गर्नभएका तिमल्सिना हाल हिमालयन सिनेरी ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि.का संचालक हुनुहुन्छ । पर्यटन व्यवसायसंगै लायन्स क्लब अफ काठमाण्डौं हिमचुलीमा आवद्ध तिमल्सिना नमुना नेपाल फाउन्डेसनको अध्यक्ष समेत हुनुहुन्छ ।
टानको कोषाध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो उम्मेद्धारी दिनुभएका तिमल्सिेनाले टानलाई आर्थीक हिसावले मजबुत बनाउने उद्धेश्यका साथ आफ्नो उम्मेद्धारी दिनुभएको छ । उहाँले संस्थाको कोषलाई पारदर्शी तथा पर्यटकीय गतिविधीमा मात्र केन्द्रीत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले नेपाल पर्यटन वोर्डमा अड्केर बसेको टिम्स मार्फतको रकमलाई यथासक्य निकासा गर्ने र नेपाल सरकार लगायत पर्यटनका सम्पूर्ण संस्थाह?संग सुमधुर सम्बन्ध स्थापित गर्ने बताउनुभएको छ ।

तारा राना
सह कोषाध्यक्ष पदका उम्मेद्धार

ऐतिहासिक जिल्ला गोर्खाको पालुङ्टारमा वि।सं। २०३७ सालमा जन्मीनुभएकी युवा तथा महिला पर्यटन व्यवसायी तारा लामा एक जुझारु पर्यटन व्यवसायीको रुपमा सबैमाझ परिचित हुनुहुन्छ । असिम सम्भावना रहेको पर्यटन क्षेत्रमा महिलाहरुको निम्ती प्रयाप्त अवसरहरु हुँदा हुँदै पनि सोचे अनुरुप उनिहरुको सहभागिता नभईरहेको सन्दर्भमा राना एक प्रेरणादायी महिला पर्यटन उद्यमीका रुपमा उदियमान हुनुभएको छ । समाजसास्त्रमा स्नातकोत्तर तह सम्मको औपचारीक अध्ययन गर्नुभएकी रानाले सन् २००९ बाट डेष्टिनेसन हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीमार्फत पर्यटन व्यवसाय संचालन गर्नुभएको छ ।
पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा अमेरिका लगायत युरोपका थुप्रै मुलुकहरु भ्रमण गरिसक्नुभएकी व्यवसायी रानाले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएको छ ।
टानको सहकोषाध्यक्षमा उम्मेद्धारी दिनुभएकी रानाले पर्यटन मार्फत महिला शसक्तिकरण र पर्यटनमा महिला सहभागिताको लागि निरन्तर प्रयास जारी राख्ने बताउनुभएको छ ।

कविता लामिछाने (रिजाल)
सदस्य पदका उम्मेद्धार

वि.सं. २०४६ सालमा गणेश हिमालको काखमा जन्मनुभएकी कविता लामिछाने (रिजाल) महिला पर्यटन उद्यमीको ?पमा क्रियाशिल हुनुहुन्छ । शिक्षा संकायमा स्नातकोत्तर तह सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएकी लामिछाने सन् २००८ देखि ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी तथा होटल एमारिलिज प्रा.लि र होटेल ओसो होम प्रा.लिको कार्यकारी निर्देशकको ?पमा क्रियाशिल हुनुहुन्छ ।
टानको कार्य समितिमा पहिलो पटक जान लाग्नुभएकी श्रीमती लामिछाने युवा उमेरमा नै ट्रेकिङ्ग, होटल लगायत व्यवसायमा सम्बद्ध हुनुहुन्छ । सामाजिक काममा ?ची राख्नुहुने लामिछानेले टानमा गएर त्यहाँ रहेका यावत समस्याह?को समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वहाँले टानको विधान अनुसार आफ्नो पदिय हैसियतले गर्न सक्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रविन्द्र अधिकारी
सदस्य पदका उम्मेद्धार

वि.सं. २०४३ सालमा धादिङ जिल्लाको उत्तरि क्षेत्रमा जन्मीनुभएका रविन्द अधिकारी एक सफल युवा पर्यटन व्यवसायीको ?पमा परिचित हुनुहुन्छ । स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका अधिकारीले सन २००९ बाट एडभेन्चर डिस्कभरी ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनी मार्फत पर्यटन व्यवसाय संचालन गर्दै आउनुभएको छ ।
पर्यटन व्यवसाय प्रवद्धनको शिलशिलामा थाइल्याण्ड, मलेसिया, चाइना र युरोपका अधिकांश मूलुकह?को भ्रमण गरिसक्नुभएका अधिकारीले व्यवसायीको हक हितको लागि काम गर्ने उद्देश्यका साथ टानको कार्यसमिती सदस्य पदमा आफ्नो उम्मेद्धारी दिनुभएको छ ।

राजन प्रसाद काप्री
सदस्य पदका उम्मेद्धार

ऐतिहासिक जिल्ला गोर्खाको धावा गाविस १ ९भिमसेन गाउँपालिका ४० मा वि।सं। २०३९ साल जेष्ठ २५ गतेका दिन जन्मीनुभएका राजन प्रसाद काप्री एक सफल युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन १९९९ बाट पर्यटन क्षेत्रमा होमिनुभएका काप्री हाल भिष्टा एडभेन्चर नेपाल प्रा।ली।का संचालक हुनुहुन्छ ।
बाणिज्यसास्त्रमा स्नातकोत्तर ९ःद्यक्० तह सम्मको औपचारीक अध्ययन गर्नुभएका काप्रीले गृह जिल्ला गोर्खाका साथै काठमाडौंमा समेत समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा उहाँले अमेरिका, क्यानडा, स्पेन, जर्मनी, फ्रान्स, ईटाली लगायत थाईल्याण्ड, सिङ्गापूर, मलेसिया, चीन र भारत देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
टानलाई व्यवसायीहरुको वास्तविक हितकर संस्थाको रुपमा विकास गर्न र पदयात्रा पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान पुर्याउन उहाँले सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ ।

गोपाल श्रेष्ठ
सदस्य पदका उम्मेद्धार

धादिङ जिल्ला गंगाजमुना गाउँपालीका, वडा नं।७, बुढाथुममा जन्मनुभएका गोपाल श्रेष्ठ एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००३ बाट पर्यटन क्षेत्रमा आवद्ध हुनुभएका श्रेष्ठ हाल हाईयर लिमिट्स टे«क्स एण्ड एक्सपिडिसन प्रा।ली।का संचालक हुनुहुन्छ ।
बाणिज्यसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गर्नुभएका श्रेष्ठ समाजसेवाका विविध क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा उहाँले चीन, जापान र थाईल्याण्ड लगायतका देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
टानको गाउँ पर्यटन प्रवद्र्धन विभागमा सदस्यको रुपमा काम गरिसक्नुभएका श्रेष्ठले पदयात्रा पर्यटनमार्फत उल्लेख्य रोजगारी सृजना गर्नुभएको छ । उहाँले नेपालको पर्यटन क्षेत्रमा देखिएका विविध समस्यालाई मध्यनजर गर्दै टानको छवी उच्च राख्नको लागि सदस्यले खेल्नुपर्ने भुमिकाको सन्दर्भमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जीवन लामा
सदस्य पदका उम्मेद्धार

वि।सं। २०४१ साल चैत्र २८ गतेका दिन सिन्धुपाल्चोकको हेलम्बुमा जन्मीनुभएका जीवन लामा एक सफल पर्यटन व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । सन २००६ बाट पर्यटन क्षेत्रमा आवद्ध हुनुभएका लामाले सन २००९ देखि ल्हास्सो एडभेन्चर प्रा।लि। कम्पनी दर्ता गरि पर्यटन व्यवसाय संचालन गरिराख्नुभएको छ ।
व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएका लामा हाल विभिन्न अन्तराष्ट्रिय ट्राभल कम्पनीहरुको नेपाल डाईरेक्टर समेत हुनुहुन्छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा लामाले अमेरिका, युके, जर्मनी, अष्टे«लीया, सिङ्गापूर, मलेसिया, कतार, चीन लगायतका देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
सामाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउदै आउनुभएका लामाले हाल टानको सदस्य पदमा उम्मेद्धारी दिनुभएको छ । उहाँले विश्वको उत्कृष्ट पदयात्रा पर्यटन गन्तव्यको रुपमा सुपरिचित नेपालको पदयात्रा पर्यटन क्षेत्रलाई सुरक्षित, भव्य र सभ्य बनाउनको निम्ती आफुले जोडदार पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

बाबुराम गुरुङ
सदस्य पदका उम्मेद्धार

पर्यटकीय जिल्ला संखुवासभामा वि.सं. २०३५ सालमा जन्मिनुभएका बाबुराम गु?ङ्ग एक सफल पर्यटन व्यवसायीको ?पमा परिचित हुनुहुन्छ । प्रवेशिका परिक्षा उत्र्तिण गर्नुभएका गुरुङ सन १९९९ देखि पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । एडभेन्ट हिमालय ट्रेक्स प्रा.लि का प्रवन्धक निर्देशक गु?ङ्गले पर्यटन व्यवसाय प्रवद्धनको शिलशिलामा सिंगापुर, मलेसिया र चिन लगायतका देशह?को भ्रमण गरिसक्नु भएको छ ।
वहाँले नेपालको पुर्वी तथा सुदुर पश्चिम क्षेत्रको पर्र्यटन प्रवद्र्धन गर्ने र पर्यटकीय संस्था मार्फत व्यवसायह?को हक हितमा काम गर्ने उद्देश्यले टानको सदस्य पदमा आफ्नो उम्मेद्धारी दिनुभएको छ ।

सुक बहादुर लामा
सदस्य पदका उम्मेद्धार

काभ्रे जिल्लाको बनेपा नगरपालीका ११ का श्री सुक बहादुर लामा एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००२ बाट पर्यटन क्षेत्रमा होमिनुभएका लामा हाल टे«क ईन्टु थिन एयर प्रा।ली।का संचालक हुनुहुन्छ ।
मानविकीसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गर्नुभएका लामाले समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा उहाँले डेनमार्क, स्वीडेन, ईटाली, थाईल्याण्ड लगायतका देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
टानलाई व्यवसायीहरुको वास्तविक हितकर संस्थाको रुपमा विकास गर्न र पदयात्रा पर्यटन उद्योग क्षेत्रमा विद्यमान कानुनी तथा अन्य समस्या समाधानका लागि पहल गर्न उहाँले सदस्य पदमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ ।

हरिसरण खरेल
सदस्य पदका उम्मेद्धार

काभ्रेको देउरालीमा जन्मनुभएका हरिशरण खरेल एक जुझा? यूवा पर्यटन व्यवसायीको ?पमा परिचित हुनुहुन्छ । अर्थशास्त्रमा स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका खरेल हाल एशियन एक्सपीडिसन कम्पनीका प्रवन्धक निर्देशक हुनुहुन्छ ।
२० वर्षको लामो अवधि देखि पर्यटनमा आवद्ध खरेल पर्यटन मजदुर, गाइड हुँदै विगत ५ वर्ष देखि पर्यटन व्यवसायीको ?पमा क्रियाशिल हुनुहुन्छ ।
टानको सदस्यमा उम्मेद्धारी दिनुभएका खरेलले सदस्यमा जितेपछि समग्र पर्यटनमा दिगो, प्रभावकारी र सकारात्मक ढङ्गले परिवर्तन ल्याउनुका साथै पर्यटन मार्फत देशमा समृद्धि ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हर्क बहादुर गुरुङ
सदस्य पदका उम्मेद्धार

धादिङ जिल्लाको रुविभ्याली गाउँपालीका ४ का श्री हर्क बहादुर गुरुङ्ग एक युवा पर्यटन व्यवसायीको रुपमा सुपरिचित हुनुहुन्छ । सन २००३ बाट पर्यटन क्षेत्रमा होमिनुभएका गुरुङ्ग हाल नेपाल हिडेन टे«क्स एण्ड एक्सपिडिसन प्रा।ली।का संचालक हुनुहुन्छ ।
बाणिज्यसास्त्रमा स्नातकोत्तर तह सम्मको औपचारीक अध्ययन गर्नुभएका गुरुङ्ग हाल गणेश हिमाल पर्यटन विकास समिति र गुरुङ्ग पर्यटन व्यवसायी संघ नेपालका सदस्य रहि पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ ।
उहाँले नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवद्र्धनको क्षेत्रमा सबैसंग मिलेर काम गर्ने र टानमलाई व्यवसायीहरुको वास्तविक हितकर संस्थाको रुपमा विकास गर्न पहल गर्ने बताउनुभएको छ ।

Loading...
  • चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

    नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८०
  • विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिईयो

    धादिङबेसी माघ ९ । नीलकण्ठ सामुदायीक सिकाई केन्द्र धादिङको आयोजनामा १ दिने कथा लेखन प्रशिक्षण सम्पन्न भएको छ । नीलकण्ठ उच्च माध्यमिक विद्यालय, वालमन्दिर माध्यमिक विद्यालय , गैरीगाउ माध्यमिक विद्यालय
  • ओफोक धादिङको अध्यक्षमा छत्कुली

    ओफोक धादिङको अध्यक्षमा छत्कुली

    धादिङ माघ ९ । विश्व उपभोक्त महासंघ नेपाल (ओफोक) धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् । महासंघको केन्द्रीय निर्णय बमोजिम धादिङ धादिङ शाखाको जिल्ला तदर्थ समितिको अध्यक्षमा छत्कुली चयन
santosh