निन्म कुरामा बहसको अर्थ मेरो ब्रम्हले देख्दैन

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ८, २०७४

Buddhi Tamang
1.. म कम्युनिष्ट हो त्यो होइन। पार्टीका दस्ताबेजहरुमा चुनावी घोषणा पत्रहरुमा मात्र सिमित छन मार्क्सवादको कुरा, लेनिनवादको कुरा र माओवादको कुरा।कम्युनिष्टहरु मात्र नामधारी हुन। त्यसैले कांग्रेसले कम्युनिष्ट अधिनायकवाद लाद्न खोज्यो भन्नु वा कम्युनिष्ट भन्नेहरुले हामी समाजबाद र साम्यबाद ल्याउछौ भन्नुमा कुनै तुक छैन।
2. प्राप्त राजनैतिक उपलब्धि मेरो पार्टीले मात्र ल्याउएको हो भन्ने कुरा गलत छ। राणा शासनको अन्त्यको लागि कांग्रेसले लड्यो। पच्यात फाल्न कांग्रेस र एमालेको प्रमुख भुमिका थियो र सहायक माओबादीमा मिसिएका साना पार्टीहरुको पनि थियो। बैसठ्ठी त्रिसट्ठीको आन्दोलन गणतन्त्र सघियता धर्मनिरपेक्षता जस्ता कुराहरू पनि मुलत माओवादीको मुद्दा भएपनि कांग्रेस र एमालेको समर्थन बिना त्यो सम्भव थिएन।
3. आफु रास्ट्रबादी अरु चाही भारतीय दलाल भन्न पनि मिल्दैन। सबैले मिले सम्म सत्तामा जान भारतको दलाली गरेकै छन। फरक यति हो सत्तामा हुदा र बाहिर हुदा कतिपय नेताहरूको टोन फेरिन्छ।
4. तालमेल र साझेदारीको कुरामा मेरो पार्टी ठिक तेरो पार्टी बेठीक भन्नु पनि गलत छ। सबैले सबैसग तालमेल र सहकार्य गरि सकेका छन।
5. फलानो पार्टी भ्रष्टाचारी मेरो सदाचारी भन्ने कुरा पनि सहि छैन। पाउदा कुमल्याउनेमा सबै देखियो।
6. सबै पार्टीमा पैसा वालाहरुकै बोलवाला छ।चुनाव जित्न पैसा खर्च सबैले गरेकै छन।
बेकारमा जुँघाको लडाइँ मात्र।