धादिङमा गठबन्धन संयुक्त कार्यक्रम बनाउन व्यस्त

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ६, २०७४

धादिङ कार्तिक ६ । धादिङमा उम्मदवारी दर्ता सँगै गठबन्धनका दलहरु संयुक्त कार्यक्रम तय गर्न व्यस्त बनेका छन् ।

धादिङ जिल्लामा लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस, राप्रपा) र वाम गठबन्धन ( एमाले, माओवादी केन्द्र) बीच औपचारिक रुपमा दुई ध्रुर्व बने सँगै चुनावी माहौल पनि त्यहि अनुरुप बनाउन दलहरु क्रियाशिल बनेका छन् ।

लोकतान्त्रिक गठबन्धनले क्षेत्रगत रुपमा संयुक्त वैठक ६ गते आयोजना गर्ने र जिल्ला स्तरको संयुक्त वैठक ८ गते धादिङबेसीमा बस्ने बताएको छ । उत्तरी धादिङको प्रदेश सदस्य उम्मेदवार राप्रपाले लिएको यस गठबन्धनमा राप्रपा नेता समेत चुनावी अभियान भर धादिङका क्रियाशिल रहने भएका छन् ।

यता वाम गठबन्धनले पनि सोमबार उम्मेदवारी दर्ता पछि साँझ संयुक्त रुपमा वैठक बसेको थियो । बैठकले ६ र ७ गते आ आफ्नो पार्टी कमिटिको वैठक बस्ने र ८ गते फेरि संयुक्त बैठक बसि संयुक्त कार्यकर्ता प्रशिक्षण गरि बुझाईमा एकरुपता कायम गरि चुनावमा होमिने बताएका छन् ।

हिजो काटा काट र मारामारको गतिविधिबाट अगाडी बढेका एमाले र माओवादी केन्द्र बीचको भएको तालमेललाई कार्यकर्ता बीच प्रष्ट एकरुपतामा लान चुनौति देखेको गठबन्धनले तलै सम्म संयुक्त प्रशिक्षण र चुनावी अभियान लाने ठोस कार्यक्रम तय गर्ने भएको छ ।