धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ६, २०७४

धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् ।

आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका अध्यक्ष भुमी त्रिपाठीले धादिङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । वामपन्थी गठबन्धनको तर्फबाट उम्मेदवार दिएका त्रिपाठीलाई माओवादी केन्द्रले सघाएको छ । त्रिपाठी सँग नेपाली काँग्रेसका विश्व अर्यालले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै नेपाली काँग्रेसका सभापति रमेश धमला धादिङबेसी सदरमुकाम रहेको प्रतिनिधि सभा क्षेत्र न. २ को प्रदेश क्षेत्र नं. २ (नीलकण्ठ नगरपालिका (१ देखि ९, १२,१३,१४ वार्ड), नेत्रावती गाउँपालिका, ज्वालामुखि गाउँपालिका) मा चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका धमलालाई राप्रपा र नयाँ शक्तिले सघाउने भएका छन् । उनी सँग नेकपा एमालेका रामकुमार अधिकारीले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै वामपन्थी गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र न. २ को प्रदेश क्षेत्र नं. २ मा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले उम्मेदवारी दिएका छन् । उनी सँग नेपाली काँगे्रका प्रभातकिरण सुवेदीले प्रतिस्पर्धा गर्ने छन् ।