धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ६, २०७४

धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ ।

विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै बसपार्कका स्थानियहरुले बसपार्क बन्द गराएका हुन् ।

बसपार्क निर्माणको लागि जग्गा दिने जग्गादाता र स्थानियले बसपार्कमा टिकट नकाटेको, बसपार्कलाई गाडी पार्कीङ र थोत्रागाडी थन्याउन मात्र प्रयोग गरेको र प्रतिक्षालय मर्मत संहार नगरेको भन्दै अनिश्चित बन्द गरिएको स्थानीयहरुले बताए ।

सदरमुकामबाट छुट्ने तथा भित्रने सवै भाडाका सवारी साधनहरु बसपार्क प्रवेश गर्नुपर्ने सबै सार्वजनिक यातायातले टिकट बसपार्कबाट काट्नु पर्ने लगायतका मागहरु पटक–पटक स्थानिय प्रसासन र संबन्धित निकायलाइ जानकारी गराइ समझदारी गरेपनि कार्यान्वयन नभएपछि वाध्य भएर बन्द गर्नु परेको स्थानियले बताएका छन् । बसपार्कको भत्तिएको प्रतिक्षलय स्थानियले उठाएर बसपार्क छिर्ने चोकमा तेस्याएरआन्दोलन गरे सँगै बसपार्क भित्र बस प्रवेषमा रोक लगाएका छन् ।

दुई वर्ष पहिला पनि चरण चरणको बन्द गर्दै जिल्ला प्रशासन र जग्गाधनीहरु बीचको बार्ता गरि वसपार्क सुचारु गरिएको थियो । यातायात व्यावसायीहरु पनि टिकट काउन्टर वसपार्क मै राख्न तयार थिए तर हाल वसपार्क टिकट काउन्टर व्यवस्थित नहुनु बसपर्क थोत्रा गाडी थन्क्याउने ग्यारेज जस्तो बन्न थाले पछि पुनः आन्दोलनमा उत्रनु परेको बताउछन् बसपार्कलाई जग्गा उपलब्ध गराउने जग्गा दाताहरु ।