आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ६, २०७४

धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् ।

सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक धादिङमा आखाँमा झुसिल किराको झुस विझेर आउनेक्रम बढी रहेको छ । धादिङका ग्रामिण भेग विशेषतः किसानहरु झुसिल किराको झुसबाट पिडित बनेका छन् ।

उनले भने झुस विझेपछि आँखाको नानीमा समेत घाउ लाग्ने र समयमै उपचार नभए अन्धो समेत बन्न सक्ने खतरा हुन्छ दैनिक ५-७ जना आखाँमा झुसिल किराको झुस विजेर आउने गरेका छन् ।

कसरी बच्ने ?
१. बारीमा झाँस काट्न जाँदा झुसिल किराको झुस विझ्ने प्रवल सम्भावना हुन्छ घाँस काट्दा होस्या जंगल जाँदा सावधानी अपनाउनु पर्छ । घरमा रहँदा पनि लुगा वा सिरक डसनामा पनि झुसिल किरा हुन सक्छन् ख्याल गर्न आवश्यक छ इञ्चार्ज तामाङले धादिङपोष्ट सँग भन्नु भयो ।
२. सावधानी अपनाउँदा अपनाउँदै पनि झुसिल किराको झुस बिझेमा आँखा मिच्नु हुँदैन तत्काल नजिकको आँखा केन्द्रमा जानु पर्छ ।
३. सके सम्म झाडीमा नजाने, घर आँगन सफा राख्ने र झुसिल किरालाई हातले नछुने ।