भाईटिकाको साँझ धादिङबेसी बीचबजारमा यति धेरै मान्छे

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०७४

धादिङबेसी कार्तिक ४ । धादिङबेसी सदरमुकाम बीचबजारमा भाईटिकाको दिन साँझ मान्छेहरुको विशाल उपस्थिति रहेको छ ।

यो समाचार तयार पार्दा समेत बीचबजारमा आउनेहरुको क्रम जारी छ, यस अघि बीचबजारमा यति धेरै मान्छेहरु उपस्थिति थिएन त्यहाँका स्थानियहरु बताउँ छन् ।

उपस्थितिको कारण थियो, स्टेपअप डान्स एकेडेमीको स्टेज प्रोगाम हेर्न साँझ यति धेरै मान्छेहरु सहभागि भएका हुन् । हरेक वर्षको भाईटिको दिन साँझ विभिन्न एभेन्टमा कार्यक्रम गर्दै आई रहेको स्टेपअप डान्स एकेडेमीले यो पटक EPIC EVE कार्यक्रम गरेको हो ।

स्थानिय कलाकार र डान्सरको प्रस्तुती रहने गरेको यस कार्यक्रममा गत वर्ष पनि उल्लेख्य दर्शकहरुको उपस्थिति देखिन्थ्यो भने यस पटकको कार्यक्रममका बीचबजार चोकमा दर्शकहरुको चाप अत्याधिक रहेको छ ।

धादिङको डान्स प्रतिभाको कुरा गर्दा अगाडी आउने नाम हो इमान तामाङ तर उनी केहि महिना पहिला अध्ययनको शिलशिलामा जापान गएको थाहा नपाउने दर्शहरु भने कार्यक्रम हरेका प्रस्तुतिमा इमान खोजि रहेका देखिन्थे ।