नगर विकास समितिमा कमल सापकोटा

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २, २०७४

धादिङबेसी कार्तिक २ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकोको नगर विकास समितिको अध्यक्षमा कमल सापकोटा नियुक्ति हुनुभएको छ ।

नेपाल सरकार (मा.मन्त्री स्तर) को मिति ०७४ आश्विन २७ गते निर्णय अनुसार नीलकण्ठ नगरपालिका ज्यामरुङका कमल सापकोटा नगर विकास समितिको अध्यक्षमा नियुक्ति हुनुभएको हो ।

नीति निमार्ण तहमा महत्वपूर्ण भुमिका हुने नगरविकास समितिको अध्यक्षको पद गत श्रावण देखि धादिङ खालि रहेको थियो । सामाजिक क्षेत्र विकासमा लामो अनुभव संगालेका सापकोटा आफै समाज सेवी र विकास योजनाका योजनाकार भएको हुँदा नीलकण्ठ नगरपालिकाको स्मार्ट सिटी बनाउन उनको महत्वपूर्ण योगदान रहने नगरवासीहरु बताउँछन् ।