नयाँ शक्ति धादिङका उम्मेदवार यी हुन्

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १, २०७४

धादिङ कार्तिक १ । नयाँ शक्ति पार्टी नेपाल धादिङले सर्व सहमतिले केन्द्र र प्रदेशको लागि उमेदवारको टुङ्गो लगाएको छ ।

आगामी मंसीर १० गते सम्पन्न हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको अन्तरगत प्रतिनिधी सभामा राजु नेपाल र डा.राजेन्द्र केसिलाई उठाउने निर्णय गरेको हो ।

प्रतिनीधि सभामा प्रत्यक्ष उमेदवारहरु धादिङ क्षेत्र नं. १ बाट राजु नेपाल र क्षेत्र नं. २ मा डा. राजेन्द्र केसी, त्यस्तै प्रत्यक्ष उमेदवारहरु प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क्षेत्र नं १ र २ मा क्रमस:आर के ढुंगना र सन्तोष बराकोटी, यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत प्रदेश सभा क्षेत्र नं १ र २ मा क्रमस: नन्दप्रसाद काप्री र बिष्णु सापकोटा रहेका छन् ।