धादिङबेसीमा प्रथम विश्व भेला सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३१, २०७४

धादिङबेसी आश्विन ३१ । ‘हाम्रो धादिङ राम्रो धादिङ’, ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ भन्ने नाराको साथ प्रथम विश्व भेला सम्पन्न भएको छ ।

विश्वभरी छरिएर रहेका धादिङबासीहरुको यस प्रथम विश्व भेला मंगलबार धादिङबेसी स्थित जिविका होटलमा नेपाल सरकारका कानुन न्याय तथा संसदिय ब्यबस्था राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

धादिङ समाज युयईका अध्यक्ष योगेन्द्र थापाको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशनले नानुकाजी अर्याललाई अध्यक्षमा चयन गरेको छ ।
प्रथम विश्व अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री पाख्रिनले समृद्ध धादिङ बनाउन देश तथा देश बाहिर छरिएर रहेका धादिङहरुलाई गोलबन्द बनाउने यस प्रयासको उच्च प्रशंम्सा गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले विकसित राष्ट्रको तुलना गर्दै विकास र समृद्धि निर्धारण राजनिितले नै गर्ने बताउँदै विश्वको कुनै पनि कुनामा रहेपनि राजनीति भन्दा बाहिर कोही रहन नसक्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश न. ३ सदस्य जानुका सिंखडा, सामुदायीक अध्ययन केन्द्र महासंघका केन्द्रिय अध्यक्ष दिक विश्वकर्मा लगायतको आतित्थ्यता रहेको थियो ।