अचनेटार दलित बस्ती पाण्डेटोलमा खुसीयाली

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३१, २०७४

धादिङ, आश्विन ३१ । धादिङको त्रिपुरेश्वर गाउँपालिका वडा न. ७ स्थित अचनेटार दलित बस्तीमा खानेपानी समस्या हल भए सँगै स्थानीयहरु हर्षित भएका छन् ।

४ सय ४० जनसंख्या रहेको ७४ घर घुरीलाई पुग्ने गरी १७ वटा धारा र पानी संकलन ट्याङ्की अक्सफमको सहयोगमा एक्सन नेपालले निमार्ण गरि दिएपछि स्थानियहरु हर्षित भएका हुन् ।

भुकम्पले खाई रहेको पानकिो मुहान सुकेपछि व्याकुल बन्न पुगेका अचनेटारका दलित समुदायका स्थानियहरु खानेपाली आयोजना सम्पन्न पश्चात सोमबार सामाजिक लेखा परिक्षण गर्न पुगेका एक्सन नेपाल र अक्सफामका कर्मचारीहरुलाई हर्षित हुँदै खादा ओढाएका थिए ।

कार्य संचालनको अवधीमा भएका खर्च र निमार्ण उपभोक्ता समितिले बुझाएको बिल भरपाई लिएर स्थानिय माझ प्रस्तुत गरिएको थियो । स्थानियहरुले स्टमेट अनुसार खर्च र बिल भरपाईहरु प्रमाणिकरण गरेका थिए । १५ लााख ८५ हजार १८१ रुपैया लागत स्टमेट गरिएको उक्त खानेपानी आयोजना १३ लाख ६६ हजार ८०७ मा सम्पन्न भएको बताईएको छ ।