बाख्रालाई स्विमिङपुल

Avatar photo
Dhadingpost
आइतवार, अशोज २९, २०७४

हेटौंडा आश्विन २९ । मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरुले स्विमिङपुल (डिपिङ ट्याक) बनाउन थालेका छन् ।

जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् । पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणकबा लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए ।

मकवानपुरगढी ३ मक्रान्चुलीमा क्रियाशिल एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा बोकाको लागि स्विमिङपुल निर्माण गरेको हो ।

उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाटीलाई पौडी खेलाउने गरिन्छ ।

ती चौपायाका शरस्रबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिएको खवर आजको कान्तिपुरमा प्रकाशित छ ।