काठमाडौं-नौबिसे सुरुङमार्ग यस्तो बन्दै छ 

Avatar photo
Dhadingpost
आइतवार, अशोज २९, २०७४

काठमाडौं, असोज २९ । नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माण यसै आर्थिक वर्षबाट सुरु हुने भएको छ ।

यसका लागि आगामी डिसेम्बर(जनवरीमा ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ । सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । बाँकी विषय सल्टाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको टोली अहिले जापानमा छ ।

सडक विभागका महानिर्देशक समेत संलग्न यो टोलीले जापान सरकारसँग छलफल गरेर यो परियोजनाका लागि टेण्डर गर्नेसहित प्राविधिक विषय टुङ्ग्याउनेछ । त्यसका आधारमा डिसेम्बरसम्म ठेक्का आह्वान गर्ने योजना रहेको विभागका निमित्त महानिर्देशक अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए ।

https://www.youtube.com/watch?v=Obgb4sLuLUg

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत ब्याजमा ४० वर्षका लागि यो ऋण दिएको हो । यो परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले सुरुङमार्गको निर्माणका लागि यो वर्ष ५ अर्ब ९४ करोड बजेट छुट्याएको छ । २.३५ किलोमिटर लामो सुरुङ मार्ग ४ वर्षभित्र निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

सुरुङमार्ग निर्माणपछि नागढुंगाको घन्टौं जामबाट छुटकारा पाइनेछ । अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ । जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङमार्ग बनेपछि नौबिसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ ।

नेपाल आयल निगमको थानकोट डिपोभन्दा मुनी निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २=२५ किलोमिटरको एक्सेस रोड निर्माण गर्नुपर्नेछ । ३ लेनको एक्सेस रोडका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ । एक्सेस रोड सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने एक्सेस रोड निर्माण गर्नुपर्ने छैन ।

सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएर आर्थि स्रोत पनि जुटिसकेकाले अब काम अघि बढाउन समस्या नहुने निमित्त महानिर्देशक थापाले बताए । ‘यो परियोजना सडक विभागका लागि ठूलो सिकाइ हुनेछ’ उनले भने, ‘सडकमार्गमा सुरुङको प्रयोग थाल्न गरेका प्रयास सफलतातर्फ अघि बढ्छ ।’

१२ मिटर चौडाइको यो सुरुङमार्गमा दुवैतिर १र१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान राखिनेछ । आकस्मिक दुर्घटनाका समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइने छ ।

सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपट्टकिो सडक २ लेन हुँदा अर्कोपट्टीको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ । सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका, मालबाहक ट्रक र मोटरसाइकल चलाउन नदिने योजना छ । मोटरसाइकललाई सुरुङ मार्ग पास गराउन विशेष गाडीको व्यवस्था गर्ने योजना बनेको छ ।

मोटरसाइकल चालक सोही गाडीमा बसेर आउने र पार गरेपछि तोकिएको शुल्क तिर्ने व्यवस्था गरिनेछ अनलाईन खबरमा समाचार प्रकाशित छ ।