हङ्कङ् सँग नेपाल पराजित

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २७, २०७४

काठमाडौं आश्विन २७ । विश्व क्रिकेट लिग च्याम्पियन्सिपको शीर्ष ४ मा पर्दै नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङको मिसन रोड मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपाल ८३ रनले नेपाल हङकङ सँग पराजित भएको हो ।

१९५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा १११ रन जोड्दा अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६, आरिफ शेखले २३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २१ रनको योगदान गरे । यसका अलावा विनोद धण्डारीले १८ र सोमपाल कामीले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङका इसान खानले ५ तथा अजिज खानले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली निर्धारित ५० ओभरमा १९४ रन जोड्दा अलआउट भएको थियो । उसका लागि विकेट किपर ब्याट्सम्यान जिमी अट्किन्सनले ७६, तनविर अफजलले ३८ तथा कप्तान बबर हयातले २९ रनको योगदान गरे । यसका अलावा वाकस खानले १४, इसान नवाजले १६ र निजाकट खानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३, वसन्त रेग्मी र करण केसीले समान २ तथा सुशान भारीले १ विकेट लिए । अन्य २ ब्याट्सम्यान रनआउट भए । ८ टीम सहभागी प्रतियोगितामा ८ अंकसहित नेपाल छैटौं स्थानमा छ। यो जितसँगै १३ अंक जोड्दै हङकङ चौंथो स्थानमा उक्लिएको छ । नेपालले अब हङकङसँग १ र युएईसँग २ खेल खेल्न बाँकी छ ।

यससँगै नेपाल अब आफ्नो बाँकी खेल जितेर मात्र शीर्ष चारमा पर्न सक्नै छैन । अन्य टिमको नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ ।