सालभरि कै धेरै रक्तदान प्रहरी दिवसमा ( फोटो समेत)

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २७, २०७४

धादिङ आश्विन २७ । रक्तदान नै जीवन दान हो, शरीरमा त्यसै खेर जाने रगतले कसैलाई बचाउन सकिन्छ भने त्यो नै जीवन दान हो, यो उक्ति मामान्य मान्छेले आभाष गर्न थालेका छन् । रगत आवस्यकता पर्ने सबै प्रकारका रोगी, अशक्त विमारी, सुत्केरी तथा दुर्घटनामा परेका व्यक्तिहरुलाई रगतको अभाव पुर्तिका लागि रक्तदान गर्ने गरिन्छ ।

बिहिबार आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले रक्तदान कार्यक्रम गर्यो । ०७४ सालमा अहिले सम्म धेरै संख्यामा रक्तदान भएको यस कार्यक्रममा १ सय ४२ जनाले रक्तदान गरेका थिए ।

१७ जना महिला र १२५ जना पुरुषले रक्तदान गर्ने मध्य कारागारका ५१ बन्दीले रक्तदान गरेको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताउनु भयो ।

प्रहरी स्थापना दिवसको अवसरमा शुक्रबार धादिङबेसीमा प्रभात फेरि गरिएको दृष्य