धादिङमा मानसिक स्वास्थ्य दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २४, २०७४

धादिङबेसी आश्विन २४ । धादिङको सदरमुकाम धादिङबेसीमा विभिन्न कार्यक्रम गरी मानसिक स्वास्थ्य दिवस मनाईएको छ ।

धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मुल नाराका साथ सदरमुकाम धादिङबेसी पुछारबजारमा प्रभातफेरी र जिल्ला अस्पताल परिसरमा एक झड्का शिर्षकको नाटक प्रस्तुत गरि दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी राममणि मिश्रले जिवन यापनको क्रममा भएका अभावहरु पुरा नहुदाँ तनाव सिर्जना हुने र मानसिक रुपमा कमजोरी हुने र समयमै व्यावस्थापन नहुँदा आत्महत्या गर्ने सम्म पुग्ने सक्ने भएकोले तनाव मुक्त जिवन जिउनु पर्ने बताउनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले नेपाल सरकारले अब देखि धादिङ जिल्लामा पनि मानसिक स्वास्थ्यको क्षेत्रलाई अगाडि बढाउन खोजेको बताउनुभयो ।

मानसिक स्वास्थ्य दिवस सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । विश्वमा ४५ करोड मानिस कुनै न कुनै किसिमले मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ ।