Dhading News
log dhading

खाल्टेका खतिवडाले धादिङबेसीको जग्गा दान गर्दै


सोमवार, अशोज २३, २०७४
धादिङ समाचार, मुख्य समाचार

धादिङ आश्विन २३ । नीलकण्ठ  नगरपालिका खाल्टेका युवराज खतिवडाले धादिङ–पोखरा सम्पर्क समाजलाई जग्गा दान गर्ने भएका छन् ।

धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष समेत रहेका खतिवडाले समाजको भवन निमार्णका लागि आश्विन २८ गते हुने साधारणसभा तथा अधिवेशनमा धादिङबेसी सिरानबजारको १० आना जग्गा दान गर्न लागेका हुन् ।

पोखरामा व्यवसाय गर्दै आएका खतिवडा एक सफल व्यवसायी हुन्  । आफ्नो व्यवसाय सँगै सामाजिक क्षेत्रमा आफ्नो सकृय उपस्थिति देखाउँदै आएका खतिवडा सफल युवा व्यवसायी मध्य पर्ने गर्दछन् ।

नेकपा माओवादी केन्द्र धादिङ प्रदेश नम्बर २ को १ नम्बर क्षेत्रमा उम्मेदवारको टिकटको लागि जिल्लाबाट सिफरिसमा परेका खतिवडा राजनीतिक क्षेत्रमा पनि उत्ति कै क्रियाशिल छन् उनी भन्छन्,-मेरो राजनीतिक यात्रा समाजलाई समुन्नत बनाउन हो, मलाई चाहिने सम्पत्ती कमाई सकें, अबको समय धादिङका जनताको सेवा गर्ने मनोभावका साथ चुनावमा उम्मेदवारी दिने मनस्थिति बनाएको हुँ ।

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer