सांसद नै अध्यक्ष रहेको क्याम्पसमा शिक्षकहरू पीडित

Avatar photo
Dhadingpost
सोमवार, अशोज २३, २०७४

धादिङ आश्विन २३ । जनताको हक, अधिकार र सेवाका लागि भनेर चुनिएको सांसद नै अध्यक्ष रहेको क्याम्पसमा पढाएका शिक्षकहरू बर्षौ देखि तलब नै नपाएर पीडित बनेको सुन्दा अलि अनौठो पनि लाग्न सक्छ ।

धादिङ साविकको क्षेत्र नं. ३ का सांसद राजेन्द्र पाण्डे अध्यक्ष रहेको धादिङकै गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसका केही शिक्षकहरूलाई उनीहरूले काम गरेको समयको वर्ष दिन सम्मकै तलब गायब बनाईउको पीडितहरुले गुनासो गरेका छन् ।

सांसद पाण्डेले अवैध रुपमा नियुक्त गरेका उक्त क्याम्पसका प्रमुखको गैर जिम्मेवार पूर्ण भूमिका र पक्षपातबाट आजित भई क्याम्पस नै छाड्न बाध्य उप प्राध्यापकहरूले आफू कार्यरत रहँदाको एक वर्ष सम्मको तलब अझै पाउन नसकेको बताएका छन् । नियुक्तिको मितिमा तृतीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका र सरकारी विद्यालका स्थायी शिक्षक रुद्रप्रसाद दनैलाई उक्त क्याम्पसमा राजनैतिक पूर्वग्रही ढंगबाट क्याम्पस प्रमुख नियुक्त गरिएको समेत अध्यक्ष पाण्डे माथी लाग्दै आएको छ ।

नियमानुसार तृतीय श्रेणीमा उत्तीर्णले क्याम्पसमा पढाउन समेत पाउदैन । त्यस्तै स्थायी शिक्षकले दोहोरो पुर्णकालीन सुविधा पाउने गरी अर्को संस्थाको प्रमुख बन्न नपाउने नियम छ । गजुरीमा कार्यरत ७ उपप्रध्यापकहरू आफूले काम गरेको वर्ष दिन बित्दा पनि तलब नपाए पछि क्याम्पस नै छाड्न बाध्य भए । उनीहरूलाई झण्डै दुई वर्ष बित्न लाग्दा पनि नियानुसार प्राप्त गर्नु पर्ने तलब सुबिधा क्याम्पसले उपलब्ध गराएको छैन ।

वि.सं. २०७२ बैशाख देखि फागुन महिनासम्मको दशैं पेस्की समेत गर्दा १२ महिना सम्मको तलब सांसद पाण्डेको अध्यक्षतामा सञ्चालित क्याम्पसले उपलब्ध नगराएको पीडित उपप्राध्यापकहरूले बताए । तलब नपाउने उपप्राध्यापकहरुमा कल्पना कोइराला, कुलमणि शर्मा, कृष्ण रेग्मी, खिमानन्द पौडेल, दीपक सिम्खडा, जीवन निरौला, दीपेन्द्र थापा रहेका छन् ।

ती उपप्राध्यापकहरुलाई पक्षपातपूर्ण रुपमा तलब नदिएको उनीहरुले बताएका छन् । क्याम्पस प्रमुख रुद्रप्रसाद दनैले ती उपप्रध्यापकहरुलाई व्यवस्थापन समितिको मिटिङमा आएर तलब माग्नु म सँग होइन भन्दै झुलाउदै आउने उनहिरुले बताए । क्याम्पस व्यवस्थापन समितिको मिटिङ हुने समयमा समेत नबोलाई पीडित उपप्राध्यापकहरू प्रति उनले गैर जिम्मेवारी पूर्ण काम गरेर आफ्नो कर्तुत लुकाउदै आएका छन् उनीहरु बताउँछन् ।

हामीले यस विषयलाई लिएर क्याम्पस प्रमुख रुद्र दनैलाई किन आयो समस्या किन ? तलव रोकियो भन्ने प्रश्न गरेका थियौ । प्रमुख दनै भन्छन् तलब क्याम्पस छाडेर जाने साथीहरुको मात्र हैन उहाँहरु सँगै म आफुले समेत एक वर्ष देखि तलव नबुझेको बताउनु भयो । म प्रअ भए सँगै आम्दानी र खर्चमा सन्तुलनमा आएको दावी गर्दै भन्नु भयो- दिनुपर्ने तलव अडिटमा समावेस गरिएको छ, चरम आर्थिक अभावमा पनि गजुरीमा क्याम्पस चलाई रहेका छौ । तलव भुक्तानी कै लागि आश्विन २१ गते संचालनक समितिको वैठक राखेको बताउँदै, अब अन्य स्रोतको खोजि गरेर भएपनि यस वर्ष क्याम्पस छोडेर गएका शिक्षकहरुको तलब भुक्तनी गरिने बताउनु भयो ।

यस अघि प्रकाशित समाचार
क्याम्पस छाडेका ७ उपप्राध्यापकले तलब पाएनन्