अग्रणीद्वारा २४ जना असल ऋणि सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, अशोज २२, २०७४

धादिङबेसी आश्विन २२ । अग्रणी बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ ३ धादिङले सहकारीका २४ जना असल ऋणिहरुलाई सम्मान गरेको छ ।

सहकारीको छैटौं वार्षिह साधारण सभा तथा तेस्रो अधिवेशन अवसरमा असल ऋणिहरुलाई शनिवार सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष गङगादत्त तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा प्रमुखहरू तथा शेयर सदस्यहरुको उपस्थितिमा आयोजना भएको कार्यक्रममा २४ जना असल कारोबार कर्ताहरुलाई सम्मान गरिएको थियो ।

अधिबेसनले बिष्णु प्रसाद कोइरालाको अध्यक्षतामा पुनः ९ सदस्यीय सन्चालक समिती चयन गरेको सहकारीका असल ऋणि संजयदेवकोटा धादिङपोष्टलाई बताउनु भयो ।