Dhading News
black rice

अग्रणीद्वारा २४ जना असल ऋणि सम्मानित



धादिङबेसी आश्विन २२ । अग्रणी बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ ३ धादिङले सहकारीका २४ जना असल ऋणिहरुलाई सम्मान गरेको छ ।

सहकारीको छैटौं वार्षिह साधारण सभा तथा तेस्रो अधिवेशन अवसरमा असल ऋणिहरुलाई शनिवार सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष गङगादत्त तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा प्रमुखहरू तथा शेयर सदस्यहरुको उपस्थितिमा आयोजना भएको कार्यक्रममा २४ जना असल कारोबार कर्ताहरुलाई सम्मान गरिएको थियो ।

अधिबेसनले बिष्णु प्रसाद कोइरालाको अध्यक्षतामा पुनः ९ सदस्यीय सन्चालक समिती चयन गरेको सहकारीका असल ऋणि संजयदेवकोटा धादिङपोष्टलाई बताउनु भयो ।

Loading...
  • अब ‘स्मार्ट’ लालपुर्जा

    अब ‘स्मार्ट’ लालपुर्जा

    काठमाडौं माघ ७ । सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी
  • वाम एकता बैंक मर्जर जस्तै

    वाम एकता बैंक मर्जर जस्तै

    काठमाडौं माघ ७ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.
  • धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

    धादिङबेसी माघ ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा राष्ट्रिय स्तरका ख्याति कमाएका हाँस्य कलाकार तथा लोक कलाकारको वेजोड प्रस्तुती रहने भएको छ । सरस्वती पुजाका दिन एड्भान्स एकेडेमीले आयोजना गरेको
santosh