कुमारी देवी माबिमा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

धादिङबेसी, आश्विन २१ । गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले नीलकन्ठ नगरपालिका १० भारमाले ज्यामरुङ स्थित कुमारी देवी मा.बि.लाई यही असोज १३ गते एक कार्यक्रमका बीच कम्प्युटर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
नीलकन्ठ नगरपालिकका मेयर भीम प्रसाद ढुँगानाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यालयलाई १३ थान कम्प्युटर, १ थान सर्भर, १ थान प्रोजेक्टर, १ थान फस्ट एड किट समेत उपलब्ध गराइएको थियो ।

देशको विकास हुनको लागि सवैभन्दा पहिलो पुरानो शिक्षा पद्धतिलाई परिवर्तन गरि हरेक सामुदायिक बिद्यालयहरुमा २१ औं शताब्दी अनुरुपको कम्प्युटर शिक्षा र बिद्युतीय पुस्तकालय पुर्याउनुपर्छ भन्ने उद्धेश्य लिएर बिभिन्न देशमा छरिएर रहेका भुतपुर्व विद्यार्थीहरुबाट सहयोग लिदै देशभर कम्प्युटर शिक्षा र बिद्युतीय पुस्तकालय उपलब्ध गराउँदै आएको गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले असोज १३ गते बिद्यालयले हरेक बर्ष गरिने बिजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा नीलकन्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने माउन्टेन डिलाइट्स ट्रेकका डाइरेक्टर तथा समाजसेवी कमल सापकोटा, ए सि ई ट्राभल का डाइरेक्टर श्री अनिल धरेल, रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमला, गाउँमा कम्प्युटर शिक्षा अभियानका अध्यक्ष भुवन गुरुङ, नबराज बोहरा, सुवास पाठक, दिनेश थापा, नवराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।
नीलकन्ठ नगरपालिकाका मेयर भीम ढुँगाना तथा नेपाल वायरलेस कनेक्टिभिटीका दिपक कोइरालाले बिद्यालयलाई आवश्यक पर्ने ईन्टरनेट सुबिधा २ बर्ष को लागी फ्री उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसैगरि रिपोर्टस् क्लबका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमलाले अभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।