भत्किदै छन् धादिङका पूराना गुम्बाहरू

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

गोपाल फ्युबा तामाङ
धादिङ ।
धादिङ जिल्लाका उत्तरी गापाहरूमा तामाङ जातिको बाहुल्यता रहेको छ । यहॉ भेटिएका पूराना गुम्बाहरूको अभिलेखका आधारमा तामाङहरू बौद्धमार्गी थिए भन्न सकिन्छ । आफ्नो धार्मिक, सांस्कृतिक र सामाजिक कृयाकलापहरूलाई निरन्तरता दिन बनाएका कैयन गुम्बाहरू र त्यसभित्र रहेका पवित्र पुस्तक९छ्योई० हरूमा स्थानीय तामाङहरूको ऐतिहासिक जीवन्तता समेत अभिलेख गरिएको पाइन्छ । तर ती गुम्बा र त्यसमा रहेका छ्योई लगायतका सामग्रीहरूको खोज, अध्ययन, अनुसन्धान र संरक्षणमा कहिकतैबाट चासो देखाइएको पाइदैन ।

‘पाषाणकालीन इतिहास तथा सामग्रीहरू समेत रहेका यी गुम्बाहरूको नाम निशाना नै मेटाउन कतिपय व्यक्ति तथा समूह सकृयतापूर्वक लागिरहेको छु हिन्दुङका युवा सेतेमान तामाङ बताउछन् । यस्तो अवस्थामा समेत स्थानीय बुद्धजीवि तथा बौद्धमार्गी तामाङहरू समेत संरक्षणमा नलाग्नु दूर्भाग्य नै भएको उनी बताउछन् ।’

नेपालीत्व मार्न शृङ्खलावद्ध रूपमा विदेशी लागेका छन् भन्ने प्रा डा राजाराम सुवेदीको कथन छ । तामाङ र बौद्ध धर्मबीचको अन्योन्याश्रित सम्बन्धलाई छुट्याउने प्रयास भइरहेको पोल्चेतका युवा सूर्यमान तामाङको छ । यसो भएमा तामाङ इतिहास सिध्याइ नाङ्गेझार पार्न सकिन्छ भनी गैर बौद्ध तामाङहरू नै गुम्बा भत्काउन लागि परेको उनको बुझाइ छ । केही तामाङहरू भने जनसंख्या बृद्धिसॅगै थपिएका नयॉ गुम्बामा मात्र ध्यान दिइ पूरानालाई वास्ता नगरेकोमा चिन्तित छन्, ती मध्यका एक ब्युर्चेतका मरू लामा पनि एक हुन् । पछिल्ला गुम्बाका मानिसहरू पहुॅचवाला भएकाले पूराना नामेट हुने अवस्थामा पुगेको उनको विश्लेषण छ ।

भुकम्प पश्चात क्षति पुगेका गुम्बा पुन निर्माण गर्न ताकेता र आन्दोलन नै गर्नु परेकोमा किम्ताङका पुर्ण गुरूङलाई चित्त बुझेको छैन । भन्छन्, अन्तराष्ट्रिय निकायले दिएको पैसा दिन पनि के को गलफत्ती रुूतर दोष अरूलाई दिएर मात्रै हुदैन, सरोकारवाला नै अग्रपङ्तीमा उभिई गुम्बाको संरक्षण र संवर्धनमा बागडोर सम्हाल्नुपर्छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका यी पूराना गुम्बाहरूको नगरिए त्यहॉका छ्योई, बास्तुकला लगायत तामाङहरूको सिङ्गो मौलिक इतिहास मर्नेछ । यी गुम्बाहरूको खोज, अध्ययन र अनुसन्धान गरिने धार्मिक, सास्कृतिक र पर्यटकीय स्थानको रूपमा विकास गरिनु पर्दछ । गुम्बासॅगै जोडिएका इतिहासले भूमिको आदिव नगरिए त्यहॉका छ्योई, बास्तुकला लगायत तामाङहरूको सिङ्गो मौलिक इतिहास मर्नेछ ।

यी गुम्बाहरूको खोज, अध्ययन र अनुसन्धान गरिने धार्मिक, सास्कृतिक र पर्यटकीय स्थानको रूपमा विकास गरिनु पर्दछ । गुम्बासॅगै जोडिएका इतिहासले भूमिको आदिवासी को भन्ने निर्क्यौल गर्न सकिन्छ । गुम्बाको भत्काइ सॅगै हाम्रो मौलिक इतिहास, लोक परम्परा, पद्धति र दस्तावेजहरू पनि सिद्धिने तर्फ सचेत हुनु जरूरी छ ।

धादिङ जिल्लामा रहेका केही पूराना गुम्बाहरू
१.टासी याङछ्याग छनखो (३१६ वर्ष पूरानो ), खनियावास-४
२.गिलिङचो (३०७ वर्ष पूरानो), खनियावास-१
३.पाडोसङ्वो (२९३ वर्ष पुरानो), भूमेस्थान-४
४.खटेन (२७८ वर्ष पुरानो) रूबीभ्याली-३
५.फेनचेत नवङ नम्गेल (२४६ वर्ष पुरानो रूबीभ्याली-४
६.नप्रचेत (१९० वर्ष पुरानो) गंगाजमुना-१
७.झ्यम्पल (१५६ वर्ष पुरानो) खनियावास-३
८.पाङकाङ दोर्जे फुर्वा (१५६ वर्ष पुरानो) रूबीभ्याली-४
९.सिङछेन (१०७ वर्ष पुरानो) थाक्रे-३
१०. च्यत (१०६ वर्ष पुरानो), गंगाजमुना-१
११. टसी यम्छ्योलिङ गुम्बा (६६ वर्ष पुरानो) रूबीभ्याली-१
(गुम्बा विकास तथा विकास समितिको बुलेटिनको आधारमा बनाएको तालिका, फोटो सौजन्यः मनिश दुवाडी)