प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

२१ असोज । प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता ४० भन्दा बढी फुटबल टिम सहभागि प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेल मैदान प्रागणमा शुरु भएको हो ।

खेलको उद्धघाटन रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुप्ताले खेलाडीलाई राज्यले थप व्यवस्थापन गर्नुपर्ने सुझाब दिनुभयो ।

प्रतियोगीतामा नवलपरासी रामग्राममा सुरुभएको मेयर कप फुटबल प्रतियोगितामा बिजेता हुने पं्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र प्रमाण पत्र प्राप्त गर्ने छन् ।