अन्तराष्ट्रिय धादिङ समाजको भेला धादिङबेसीमा हुने

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १७, २०७४

धादिङबेसी, असोज १६ । अन्तराष्ट्रिय धादिङ समाज निर्माणको लागि विश्वभरि छरिएर रहेका धादिङवासीहरुको भेला यही असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसी स्थित होटल जीविकामा हुने भएको छ ।
रोजगार, अध्ययन तथा व्यवसायको सिलसिलामा विश्वको विभिन्न भागमा पुगेका धादिङवासी नेपालीहरु तथा धादिङ जिल्लासँग सम्बन्धित संस्थाहरुवीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै जिल्लाको समग्र विकासको लागि विदेशमा रहेका जिल्लावासीहरुको साना साना पँुजीको संकलन तथा गरि शिक्षा, स्वास्थ्य पर्यटन लगायत पुर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्नको लागि अन्र्तराष्ट्रिय धादिङ समाजको गठन अपरिहार्य भएको भेला आयोजक समितिका संयोजक भुवन गुरुङले बताए ।
नेपालीहरुको महान चाड बडादशै तथा दिपावलीको समय र गैर आवासिय नेपाली संघको विश्व सम्मेलनको अवसर पारेर स्वदेश फर्किएका धादिङ जिल्लावासीहरुलाई उक्त भेलामा अनिवार्य उपस्थिती हुनको लागि आयोजक समितिले अनुरोध गरेको छ । साथै उक्त भेलाको लागि विभिन्न बुद्धिजीवि तथा प्रवुद्ध वर्गहरुसँगको भेटघाटलाई तीव्र बनाइएको समितिका नानुकाजी अर्यालले जनाएका छन् ।
अन्तराष्ट्रिय धादिङ समाजको उक्त भेलाले विभिन्न देशमा छरिएर रहेका व्यक्ति तथा संस्थाहरुको संलग्नतामा तदर्थ समितिको निर्माग गरिने समेत जनाएको छ ।