मकाउमा विजय दशमी मनाईयो

Avatar photo
Dhadingpost
आइतवार, अशोज १५, २०७४

मकाउ आश्विन १५ । गैर आवासीय नेपाली संघ मकाउले विजय दशमीको अवसरमा दशै प्रोग्राम भव्य रूपमा पम्पन्न गरेको छ ।

३० सेक्टेमबर २०१७ दिन एनआरएनए मकाउमा आवद्ध नेपालीहरुले देशबाहिर रहेपनि दशै र यसको महत्व दर्शाउँदै दशै टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान गगरि विजया दशमी मनाएका हुन् ।

एनआरएनए मकाउ अध्यक्ष अध्यक्ष शान्ति देबि अधिकारीले ले कार्यक्रममा उपस्थित सबै नेपालीहरुलाई शुभकामना दिँदै रिति रिवाज चालचलन र सँस्कृति जगेर्ना गर्न विश्वको कुनै पनि कुनाबाट गर्न सकिने भन्दै देश विदेश र विशेषत मकाउमा रहेका नेपालीहरुलाई शुभकामना दिनुभएको प्रजुन अभिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

कार्यक्रम भव्य भयो, एनआरएनए मकाउले नेपाल र नेपाली पहिचान गराई नेपालको धर्म संस्कृति कल्चर र रितिरिबाज लाई जगेर्ना गरि नेपाल र नेपालीको परिचय दिन र मकाउ एनआरएनए सफल भएको समेत अधिकारीले बताउनु भयो ।