धादिङका यी दुई गायिका चर्चामा

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १०, २०७४

धादिङ आश्विन १० । धादिङ गंगाजमुना निवासी गायिका सिता गुरुङ यतिबेला चर्चामा छिन् । सिता गुरुङ र हरि माया गुरुङ यी दुई गायिकाले गुरुङ र मगर समुदायमा गाइने टिपिकल कौराहा गीत बजारमा ल्याए सँगै चर्चामा आएका हुन् ।

चर्चामा ल्याउने यस गीतमा गायिका सिता गुरुङ कै लय र सब्द रहेको छ भने, गायकमा दुर्गा गुरुङ र आर के गुरुङले साथ दिएका छन् ।

गायिका सिता गुरुङले यो भन्दा पैले पनि दर्जनौ गीत बजारमा ल्याई सकेकी छिन । (लुगा धुने साबुन त साबुन धुने पानी, यो मन धुने के हो नानी) सर्वाधिक चर्चामा रहेको कौराहा गीत हो, जुन गीतबाट स्थापित गायिका सिता गुरुङ, आमेरिकामा बसेर पनि आफ्नो नेपालको मौलिक कला र साँस्कृतिलाइ जगेर्ना गर्नु पर्छ भन्ने मान्नेता राख्नुहुन्छ ।

उहाँले गुरुङ फिल्म र नेपाली फिल्म गरि ३ ओटा फिल्महरुमा पनि अभिनय गरि सक्नु भएको छ । धादिङको लोक कलाका धनीहरु मध्य पर्ने सिता चर्चामा रहनु धादिङको कला क्षेत्रको गौरव भएका भन्दै राष्ट्रिय लोक दोहोरी गीत प्रष्ठिानका अध्यक्ष हिमाल घलेले सिताको गित सुनिदिन आग्रह समेत गर्नुभयो ।

चर्चामा ल्याउने यो पछिल्लो म्यूजिक भिडियो