धादिङ सल्यानटारमा क्रिकेट प्रतियोगिता सुरु, १३ गते जिग्री र पाडे आउने

Avatar photo
Dhadingpost
सोमवार, अशोज ९, २०७४

धादिङ, आश्विन ९ । विजया दशमीको अवसरमा धादिङ सल्यानटारमा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

युनाईटेड क्लब त्रिपुरा सुन्दरी गाउँपालिका सल्यानटारको आयोजनामा आईतबार देखि सुरुभएको क्रिकेट खेलको बालाजु कराते डो एकेडेमीका प्रमुख प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रि ध्रुवविक्रम मल्लले उद्घाटन गरे सँगै खेल सुरुभएको हो ।

क्रिकेट प्रतियोगितामा ८ वटा टिमको प्रतिस्पर्धी रहने छ यस युनाईटेड क्लबले दशैंलाई लक्षित गरी यही असोज १३ गते (महानवमी)का दिन सल्यानटारमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम पनि गर्दै छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु कुमार कट्टेल (जिक्री), अर्जुन घिमिरे (पाडे) र मनमाया वाइवा लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुती रहनेछ ।