यातायातमा कार्ड छुट बन्द

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ५, २०७४

धादिङबेसी आश्विन ५ । सरकारले विद्यार्थी, बृद्ध बृद्धा, अपाङ्गता भएका व्यक्तिहरुलाई यातायतमा दिएको छुट यातायत व्यवसायीहरुले आजबाट दिन छोडेका छन् ।

धादिङ काटमाडौ चलने धादिङ यातायात र ग्रामिण यातायतको टिकट काउन्टरमा रहेका कमृचारीले अब दशै लागि सक्यो आत्रुको चाप एकातर्फमात्र भएकोले व्यवसायीलाई मर्का परेकोले कार्ड छुट नदिन भनेका छन् त्यसैले कार्ड छुट नपाईने काउन्टरमा बसेका कर्मचारीले बताए । भर्खरै स्कुल कलेज विदा भए सँगै घर फर्कन तयारीमा रहेका विद्यार्थीहरु कार्ड छुट नपाउँदा मर्कामा परेका छन् ।

विद्यार्थी संगठनहरुले यस विषयमा केहि बोलेका छैनन्, कार्ड छुट नपाएको प्रति गुनासो गर्दै धादिङ ज्यामरुङका प्रकाश इटनीले भने- कस्तो नियम हो, सरकारले दिएको छुट नदिन पाईन्छ ? कर्मचारी सँग के बाझ्नु, यस विषयमा सरोकार वालाहरुको ध्यान जान जरुरी छ ।