सडक मर्मत नहुँदा जोखिम पुर्ण यात्रा

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ५, २०७४

धादिङबेसी आश्विन ५ । धादिङका ग्रामिण क्षेत्रका सडकहरु मर्मत नहुँदा यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न वाध्य बनेका छन् ।

दशैको घटस्थापना सुरुभए सँगै दशै सुरुभयो देश विदेशबाट घरआउने यात्रुहरु बढे तर धादिङका ग्रामिण सडकहरु मर्मत भएका छैनन् । धादिङ आरुघाट खडकखण्ड अझै पनि मर्मत हुन नसक्दा यात्रुहरु खतरापुर्ण यात्रा गरिरहेका छन् ।

चाडपर्व नजिक भए सँगै यात्रु र सवारीको चाप बढ्दो रहेपनि सडकको अवस्था भने अत्यन्तै जोखिमपुर्ण रहेको छ । सडक मर्मतको लागि विभिन्न निकायले पटक पटक यातायातमा पुर्ण रोक लगाई सडक मर्मत गरे पनि अझै पुरा हुन सकेको छैन । सडक निर्माणका ठेक्का पाएको लामा कन्ट्रक्सनले भाद्र २७ गते सम्म सडक मर्मतको कार्यमा अवरोध पुगेको भन्दै सवारी यातायातमा रोक लगाएको थियो । त्यस अघि पनि यातायात व्यावसायीले नै सडक मर्मतको लागि भन्दै यातायातमा रोक लगाए तर सडकको अवस्था उस्तै छ ।

दशैको लागि ग्रामिण भेगमा सामान तथा यात्रु ओसारपोसार गर्ने सवारी साधन तथा यात्रुहरु त जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् नै स्थानीयले पनि सास्ती नै खेपिरहेका छन् । स्थानीय सरीता श्रेष्ठ भन्नुहुन्छ “सडक निर्माणको लागि खनेका खाल्डामा ३ जना बच्चाहरु परे, एउटा खाल्डा पुरे अर्को अझै बाँकी छ ।”

सडक मर्मत नभएकोले आउँदा जाँदा समस्या छ, खाल्डा खुल्डी सडकमा पानी जमेकाले गर्दा गाडी फस्ने र हिडडुल गर्नमा समेत समस्या भएको स्थानीय श्रेष्ठको भनाई छ । यो सल्यानटार, आरुघाट, चैनपुर लगायतका स्थानमा यात्राको लागी मुख्य सडक हो ।
यस्तै मैदी, खरी, धुँवाकोट, फुलखर्क, बसेरी, कटुङ्जे टोट्के लगायतका क्षेत्रहरुका यात्रुहरु पनि जोखिम पूर्ण यात्रा गरि रहेका छन् ।