शुभेच्छुक शुभचिन्तकहरु प्रति आभार

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ५, २०७४

नेत्रावती परोपकार समाज
निक्कै लामो समयको निरन्तर अभ्यास पछि हामी यो नेत्रावती परोपकार को बैधानिक नाम र रुपबाट यो देशको एउटा नितान्त मुनाफा रहित गैह्र सरकारी सस्थाको रुपमा यहाँ हरु सामु उपस्थित हुन पाउँदा हर्सले पुलकित छौ ।
यो देश नया सङ्घिय संरचनामा गए पस्चात बनेको नया संरचना याने कि नेत्रावती गाउपालिका कार्य क्षेत्र रहने गरि निर्माण र बैधानिक भएको सम्भवत हामी पहिलो सस्था हुन सक्छौ । सबैभन्दा पहिलो आभार यो सस्थाका जिम्मेवार मित्र हरु प्रती प्रकट गर्न चाहन्छु जो यो समाजको बिकास बिस्तार र निर्माण को लागि अहोरात्र चिन्तन मनन र खटाइमा ब्यस्त रहनु भयो ।
त्यसैगरि सस्था बैधानिकताको निमित्त दर्ता गर्नको लागि आइ पर्ने आरोह अबरोहहरुमा निरन्तर हामिलाइ उत्प्रेणा प्रदान गर्ने ,र हामिले खेप्न नसकेको अप्ठ्यारा हरुमा काध थाप्ने आदरणीय सल्लाहकारहरु शन्कर अधिकारी, यम बहादुर अधिकारी, बलराम अधिकारी, केशरी प्रसाद पन्त, उर्मिला तामाङ सुन्दर थापा ठाकुर गुरुङ त्यसै गरि निर्णायक मोडमा विशिष्ट सहयोगको लागि पुस्प बिक्रम मल्ल सर र मनराज भन्डारी शैलेस, अनि त्यसै गरि त्रीपुरासुन्दरी गाउँ पालिका प्रमुख शम्भु थापा ज्यु हरुको विशिष्ट भुमिका प्रति हामी सदा रिणि छौ। त्यसै गरि हामिलाइ बैधानिक नहुदै अत्यन्त बिस्वास पुर्बक आर्थिक तथा भौतिक सहयोग गर्ने विशाल हृदय धारी महान मन हरु प्रती नत मस्तक छौ ।
अन्तमा हामिलाइ माया गर्ने तपाईं शुभेच्छुक शुभचिन्तकहरु प्रति आभार र सधै यहाँ हरुको मन मुटुमा बस्ने कोशिसमा हुने छौ ।