नेत्रावती परोपकारको खेल मैदान निमार्णमा सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ५, २०७४

धादिङ नेत्रावती, आश्विन ५ । नेत्रावति गाउँ पालिकामा सामाजिक काम गर्दै आएको नेत्रावती परोपकार समाजले खेलमैदान निर्माणको लागि सहयोग गरेको छ ।

नेत्रावती गाउँ पालिका वडा न १ स्थित श्री निरन्जना उच्च माध्यामिक विद्यालयको खेलमैदानको लागि समाजले ४० हजार बाराबरको जिन्सी सहयोग गरेको हो ।

यस अघि गाउँपालिकाका व्यापारी, वैदेशिक रोजगारामा रहेका युवाहरुको सहभागितामा संकलन गरिएको रकम मृगौला रोग तथा क्यान्सर पीडितहरुलार्इ सहयोग गर्नुको साथै विभिन्न सामाजिक समस्या समाधानमा समन्वयकारी भुमिका निर्बाह गर्दै आएको थियो ।

त्यस्तै भविस्यमा युवा तथा बिद्यार्थीहरुको सीप तथा नेतृत्व क्षमता विकास गराउने खालको कार्यक्रमहरु सन्चालन गर्ने, गाउँ पालिकामा नयाँ र प्रविधि युक्त शिक्षा सन्चालनको निमित्त सहयोग गर्ने योजना रहेको समाजका महासचिव जित अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।