धादिङका आत्मराम थपलियालाई कारबाहीको प्रक्रिया अघि बढ्यो

Avatar photo
Dhadingpost
बुधबार, अशोज ४, २०७४


धादिङ, असोज ४- सामाजिक सञ्जालमा सामाजिक सदभाव खलबलिने खालको स्टाटस पोष्ट गरेको भन्दै प्रहरी धादिङका एक युवालाई साइबर क्राइमको अभियोगमा कारबाहि गरिने भएको छ । अध्ययनका लागि जर्मनी पुगेका धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने तयारी थालेको छ । प्रहरीका अनुसार बढीमा १ महिनाभित्रमा उनलाई झिकाइने छ।

जातीय सद्भाव भड्काउने स्टाट्स लेखेको भन्दै नेपाल प्रहरीको सिआइबीले उनले नेपाल झिकाउन लागेको एसपी मिरा चौधरीले जानकारी दिइन्।उनले लेखेका अधिकांश स्टाट्स धर्म सम्बन्धी र जातजाती सम्बन्धी रहेको छ छ। उनको स्टाट्सले जातीय सद्भावमा खलल पुगेको भन्दै प्रहरीले उनलाई झिकाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकेको पनि एसपी चौधरीले बताइन्।

सिआइबीले उनलाई साइबर क्राइम अन्तर्गत नै मुद्दा चलाएर कुटनीतिक पहल मार्फत नेपाल झिकाउन लागेको जानकारी दिएको छ।उनलाई नेपाल झिकाउन सिआइबीले इन्टरपोललाई पनि सहयोग गर्न भनेको छ।उनले उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरुलाई मुछेर पनि कडा स्टाट्स लेखेका थिए। धुर्मुस सुन्तलीलाई पनि उनले विदेशी पैसा बाँडेर धेरै नाटक नगर भनेका थिए।

प्रहरीले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डकी छोरी रेणु दाहाललाई फेसबुकमा गाली गर्ने २ जनालाई पक्राउ गरिएको कारबाही गरिसकेको छ। सामाजिक सञ्जाललाई हाल आएर कसैलाई गाली गर्नु परेमा गतिलो माध्यमका रुपमा लिदै आएका छन । हामिले पोष्ट गर्ने सामाग्री कस्तो खालको छ त्यो सोचेर मात्र पोष्ट गर्नु आवश्यक छ ।