व्यक्तित्व चर्चा- उदाहरणिय बन्दै प्रजुन अधिकारी

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३, २०७४

धादिङ आश्विन ३ । हरेक आमा बाबुले आफ्ना छोरिहरूलाई कन्यादान होईन शिक्षा र संस्कार दिन पर्दछ । हाम्रो देश एक पुरूष प्रधान देश जाहाँ छोरीलाई स्कुल पठाउन हुँदैन । भन्दै छोरीलाई दाऊरा घाँस र चुला चौकामा काम लाऊने र छोरालाई स्कुल पढन पपठाउने चलन हट्न सकेको छैन ।

छोरीलाई पढाएर केहि हुँदैन अर्काको घरमा जाने (पठाउने) जातलाई पढाएर पढाईमा खर्च गर्नु हुदैन । यहि संस्कारमा जन्मिएको बाबु आमा प्रजुन कुमार अधिकारी र आमा तारा अधिकारीले आफ्ना छोरीहरूलाई ऊच्च शिक्षा दिएर गाउँ समाजमा उधारणिय आमा बाबु बन्न सफल भएका छन् ।२०४९ साल फाल्गुण ३० गते परम्परा अनुसार वैवाहिक जिवन मा बँधिएको अधिकारी दम्पतीको ३ छोरीहरू छन् । बच्चा पन देखिनै बच्चाको शिक्षामा ठुलो योगदान प्रदान आएको छ यो जोडिले ।

पहिले होलि गार्डेन बोर्डिंङ नर्सरीबाट सुरू गरेको शिक्षा ठुली छारी प्रतिक्षा अधिकारीले एस एल सि परिक्षा सम्म त्यसै स्कुल बाट पास गरि नासा कलेजबाट उच्च शिक्षा १२ कक्षा सम्म विज्ञान प्राविधिक शिक्षा उत्चतम अंक प्राप्त गरि पास गरेर हाल अष्ट्रेलिया नर्सिङ बिषयमा ऊच्च शिक्षा हासिल गर्दैछन् । उनको छोरी ईभा अधिकारी पनि ईन्टरनेश्नल कलेज ललितपुरबाट १२ क्लास विज्ञान विषयमा ऊच्च अंकल्याई अहिले अष्टे«लियाको बेसबिन भन्ने ठाऊमा नर्सिङ बिषयमा अध्ययन गर्दैछिन ।

एश्वर्य अधिकारीले बृहस्पति विद्यालयबाट माध्यमिक शिक्षा पास गरि ग्लोबल कलेज बानेश्वरमा म्यानेजमेन्ट बिषय लियर कक्षा ११ मा अध्यनरत छन् । आफ्ना ३ जना बच्चाहरूले राम्रो शिक्षा हासिल गरेकोमा अधिकारी दाम्पत्य जिवन खुसी त छदैछ । र छोरीलाई ऊच्च शिक्षा अनुशासन नैतिकता र संस्कार दिएकोमा सबै खुसि र उदाहरणिय समेत बनेको छन् ।

प्रजुन कुमार अधिकारी तिनै छोरीहरुको लागि बैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत छन् भने आमा तारा अधिकारी आमाको भुमिकामा छारीहरुको अभिभावकिय भुमिकामा छिन् । प्रजुन कुमार अधिकारी रिटार्यर आर्मी हुन् २०५९ चैत्र १ बाट आर्मी सेवाबाट अवकास लिएर । २०६०-२०६२ सम्म नेपालको ट्रेकिङ व्यवसाय गरि नेपाल प्राय सबै ठाउँहरू लगायत टिब्बत र कैलाश मानोसरोवर सबै यात्रा गरेका छन् । २०६२ पौष महिना देखि चिनको स्वसासित क्षेत्र मकाउमा कार्यरत अधिकारी सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृयता देखाउँदै आएका छन् ।

नेपाल र नेपालीको समृद्धी आफैबाट भन्दै बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको वकालत गर्ने प्रजुन कुमार अधिकारी अन्तराष्टिय नेपाली समाज मकाउको संयोजक समेत हुनुहुन्छ । प्रस्तुतिः शुशिला रिजाल ।