धादिङमा संविधान दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३, २०७४

धादिङबेसी आश्विन ३ । धादिङबेसीमा संविधान दिवस कार्यक्रममा मनाइएको छ । जिल्ला समन्वय समिति धादिङले आयोजना गरेको संविधान दिवस कार्यक्रममा सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीका जवान बाहेक राजनीतिक दलका कार्यकर्ता तथा स्थानिय जनताहरुको न्यून उपस्थितिमा सम्पन्न भएको हो ।

संविधानसभा मार्फत घोषणा भएको संविधान  तेस्रो वार्षिकी मनाउँदै गर्दा राजनीतिक दलका नेताहरु प्रभातफेरी कार्यक्रमका समेत सहभागि भएनन् । दलका नेताहरु प्रभातफेरी पछि जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको कार्यक्रममा भाषण गर्न भने पुगेका थिए तर भाषण सुनि दिने मान्छेहरु औंलामा गन्न सकिने जति थिए ।

सरकारले प्रत्येक जिल्लामा धुमधामले संविधान दिवस भव्य रुपमा मनाउन निर्देशन दिएपनि धादिङमा भने विरोलो बाध्ने उखान चरितार्थ भएको थियो कार्यक्रम औपचारीकता मै सिमित बनेको थियो । भाषण गर्ने नेताहरुलाई पनि सुनिदिने मान्छे नभएपछि भाषण गर्न अफ्ठ्यो भएकोले कार्यक्रममा छोट्याईएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको सभापतित्व र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, माओवादी केन्द्रका अमृत तामाङ, नेपाली काँग्रेसका रमेश धमला, रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संविधान दिवसको अवसरमा सोमबार भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा पुरस्कृत टिमहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।